Onlinesiraha-Nepali |
१२ कक्षाको परीक्षाफल प्रकाशित, ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण Posted: 12 Sep 2016 08:26 PM PDT काठमाडौं, २७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै संकायको परिक्षाफल सोमबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षामा एक लाख ७५ हजार ५ सय ९३ विद्यार्थी सहभागी थिए भने ८४ हजार ५ सय ९३ बिद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परिक्षा दिएकोमा ४८ हजार ७ सय ६३ जना उत्तीर्ण भएका छन् । यो ३९.५९ प्रतिशत हो । गत वैशाख २० देखि सुरु भएको व्यवस्थापन, मानबिकी र शिक्षालगायत सबै समूहको नतिजा सार्वजनिक गरिएको हो । विज्ञान समूहको भने यसअघि नै परीक्षाफल प्रकाशन भइसकेको छ । VIEW RESULT |
You are subscribed to email updates from OnlineSiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment