काठमाडौं, २९ भदौ । त्रिभुवन विश्वविद्यालय मातहतको टिचिङ्ग अस्पताल महाराजगंजमा मधेशी विद्यार्लीहरुमाथि आक्रमणको प्रयास भएको छ । मंगलबार अबेर राति करिब एक सयको संख्यामा रहेका गैरमधेशी युवाहरुले उनीहरुमाथि आक्रमणको प्रयास गरेका छन् ।
टिचिङ्गको छात्रा बासमा रहेका मधेशी विद्यार्थीहरुमाथि साँझदेखि नै केही युवाहरु निगरानी गरिरहेको र राती आक्रमणको प्रयास गरेको त्यही अध्ययनरत डा।सगुन्द्र मण्डलले हुलाकी न्यूजलाई बताए ।
टिचिङ्गकै छात्रा बासमा रहेका एमबीबीएस अन्तिम वर्षका राहुल साहले हुलाकी न्यूजसँग कुराकानी गर्दै गैरमधेशी युवाहरुको समूहले राती आफुहरुमाथि आक्रमणको प्रयास गरेको बताए ।
साहले भने,‘राती ती युवाहरुले मधेशी विद्यार्थीहरु भएको कोठामा सिसाका बोतल फाल्दै गाली गरे । हामी लुकेर बसेका थियौं । हाम्रो रुप अगाडिको प्यासेजहरु पनि तोडफोड गरेका छन् । हामीहरु लुकेर छात्राबासबाट भागेका छौं ।’
यता मण्डलका अनुसार आज दिउँसो डिन कार्यालयमा समावेशी पक्षधर विद्यार्थी तथा डिनबीच भएको समहतिको विरोधमा उनीहरुले मधेशी विद्यार्थीहरुमाथि आक्रमण गरेका छन् । भर्ना प्रक्रियाको रिजल्ट प्रकाशित गर्दा सर्वोच्च अदालतको निर्णयअनुसार समानुपातिक समावेशीको आधारमा रिजल्ट प्रकाशन गर्ने आज सहमति भएको थियो ।
समानुपातिक समावेशीको विरोधमा केही युवाहरु सुरुदेखि नै लागेका छन् । उनीहरुले चिकित्सा क्षेत्रमा समावेशी समानुपातिकको अर्थ नरहेको भन्दै नगर्न माग गर्दै आएका छन् ।
मधेशी विद्यार्थीहरुमाथि आक्रमणको प्रयास गर्नुअघि ती युवाहरुले डिन कार्यालयमा तालाबन्दी गर्न गएका थिए तर प्रहरीले रोके पछि उनीहरु आक्रमक हुँदै समावेशीको पक्षमा आन्दोलन गर्दै आएका मधेशी विद्यार्थीहरुमाथि आक्रमणको प्रयास गरेको टिचीङ्गमा कार्यरत डाक्टरहरुले बताए ।हुलाकी न्यूज
No comments:
Post a Comment