/ , , , / शरिरमा आगो लाग्दा गम्भीर घाईते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु

शरिरमा आगो लाग्दा गम्भीर घाईते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु

धनवीर महतो, महोत्तरी, ३० भाद्र ।खाना बनाउने क्रममा शरिरमा आगो लागेर गम्भीर घाईते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । बुधबार दिउँसो शरिरमा आगो लागेर गम्भीर घाईते भएकी महोत्तरी भरतपुर गाविस वडा नं। १ की २० बर्षिया सोनिया देवी शर्माको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

सोनियादेवीको उपचारको क्रममा गएराति जनकपुर अञ्चल अस्पतालमा मुत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । हिजो घरमा कोही नभएको समयमा दाउराले खाना पकाईरहेको समयमा कुर्ता सुरुवालबाट सल्किदा सोनियाको पुरा शरिर जल्दा उनी गम्भीर घाईते भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो । मृतकको शव अहिले जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।
मृतकको ससुरा र श्रीमान कामको शिलशिलामा बाहिर रहेको र मृतकको १ बर्षकी छोरी रहेका छन ।


about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment