/ , , / लिङ्देन नेतृत्वले दोस्रो चरणको आन्दोलन गर्ने

लिङ्देन नेतृत्वले दोस्रो चरणको आन्दोलन गर्ने

धरान, ३० भदौ । कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालले संविधान पुर्नलेखन गराउनको लागि दोस्रो चरणको आन्दोलन काठमाडौं केन्द्रीत गर्ने भएको छ ।

बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै नेता लिङ्देनले संघीय गठबन्धनमार्फत् दोस्रो चरणको आन्दोलनको लागि आर्थिक भौतिक र सांगठानिक तयारी भइरहेको बताए । मञ्चको हिजो र आज हरियालीमा बसेको दुईदिने भेलाले असोज ३ गतेलाई पहिचान विरोधी अपूर्ण संविधानको शसक्त विरोध गर्दै लिम्बुवानका ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने तयारी रहेको छ ।
त्यस्तै ३ गते लिम्बुवान भरी कालोझण्डा गाड्ने र संघीय गठबन्धनको कार्यक्रम तालिका अनुसार विरोध गर्ने बताएका छन् । उनले मञ्चको दोस्रो महाधिवेशनपछि पार्टीलाई ९ वटै जिल्लामा शसक्त बनाउनको लागि जिल्ला, नगर र गाउँको मंसिरसम्म निर्वाचन सक्ने बताए ।
मञ्चले साहित्य, डकुमेन्टहरु, प्रशिक्षण हाते पुस्तिका, पोष्टर पम्प्लेटसमेत प्रकाशन गर्ने बताएको छ । साथै, केन्द्र र जिल्ला तह गरी प्रशिक्षण कार्यक्रमसमेत गरिने बताइएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment