अर्कना खातुन, काठमाण्डौ, २८ भदौ । सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले भदौ २८ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर र्इद परेको हुनाले यस दिन नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बकर ईदलाई कुर्बानी पनि भनिन्छ । कुर्बानी तीन दिनसम्म मनार्इन्छ । यस दिन नेपाल भरिका इस्लाम धर्मालम्वीहरुले आ–आफ्नो नियम र गच्छ अनुसार अल्लाहतालाको नाममा केहि जनावरको कुर्बानी दिने गरिन्छ । पहिलो दिनमा बिहानै
नजिकको मस्जिदमा गएर नमाज पढिन्छ । र एक आपसमा ९र्इद(उल(जोहा०को मुबारकबाद दिने गरिन्छ । त्यस पछि ठाउँ अनुसार जनावरको कुर्बानी गरिन्छ । कुर्बानी गरिएको मासुलाई नियम अनुसार बराबरी तीन भाग लगाईन्छ । एक भाग आफुलाई, दोश्रो भाग आफ्ना ईस्टमित्रलाई भने अर्को भाग गरिबलाई दिने चलन रहेको छ । यसै गरि एक आपसमा रमाइलो गरि र ठूलाले सानालाई आषिश तथा उपहार दिँदै मनाईन्छ ।सरकारले सार्वजनिक विदा दिएको भएता पनि जावलाखेल स्थित डि।ए।भि शुसिल केडिया विश्व भारति स्कुल लगायत उपत्याका केहि निजी स्कुलहरुले विदा नदिएको गुनासो केहि मुस्लिम अविभावकहरुले गर्दै थिए । आफ्नो नाम सार्वजनिक नगर्दिन आग्रह गर्दै भने सरकारले बिदा दिने निर्णय दिइ सके पछि कमसेकम एक दिन त विदा दिनै पर्ने थियो । उनले भने, त्यस माथि पर्वकै दिन परिक्षा राखिदिएर झन अफ्ट्यारोमा पारिदिएका छन् ।
No comments:
Post a Comment