/ , , , , / दुई नम्बर प्रदेश सदस्यमा हत्या अभियुक्त योगनारायण

दुई नम्बर प्रदेश सदस्यमा हत्या अभियुक्त योगनारायण

काठमाडौं २८ भदौ । नेकपा एमालेले दुई जनाको हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वसांसद योगनारायण यादवलाई दुई नम्बर प्रदेशको सदस्यसहित जनकपुर अञ्चलको जिम्मेवारी दिएको छ ।

आइतबार एमालेले सातवटै प्रदेश कमिटिलाई पूर्णता दिदै ज्यानमार्ने उद्योगमा सिरहा कारागारमा रहेका यादवलाई उक्त जिम्मेबारी दिएको हो । यादवमाथि ज्यानमार्ने उद्योग र हातहतियार तथा खरखजानासहित तीन वटा मुद्दा जिल्ला अदालत धनुषामा विचारधिन अवस्थामा रहेको छ ।

२०७१ चैत्र ८ गते धनुषा जिल्लाको सबैलामा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा यादव समूहले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । उक्त घटनाको मुख्य योजनाकारका रुपमा प्रहरीले उनीमाथि कर्तव्यज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।

उक्त मुद्दाको थुनछेक बहसमा २०७२ चैत्र २६ गते जिल्ला अदालत धनुषाका न्यायाधीश डा।राजेन्द्र कुमार आचार्यको एकल इजलासले यादवलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यादवसहित उक्त घटनामा संलग्न रहेको भन्दै अदालतले महेश यादव, महेन्द्र यादव र भगवान प्रसाद साहलाईसमेत पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

विद्यालय व्यवस्थापन समितिको चुनावमा रामसेवक राउत र रामप्रकाश यादवको हत्या पछि एक वर्षसम्म फरार रहेका यादव २०७२ चैत्र १७ गते काठमाडौंस्थित नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय नजिकबाट पक्राउ परेका थिए । एमालेमा ओली गुट निकट मानिएका यादव पक्राउ पर्दा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

यादव फरार रहेकै अवस्थामा अध्यक्ष केपी ओलीले उनलाई बैकल्पिक पोलिट ब्यूरो सदस्य तथा जनकपुर अञ्चल इचान्र्ज बनाएका थिए । अदालतमा थुनछेक बहसमा प्रधानमन्त्री स्वयम्ले प्रभाव पार्न खोजेको आरोप तत्कालिन नेकपा माओवादीका नेता मातृका प्रसाद यादवले लागएका थिए । योगनारायण यादव पक्राउ परेपछि जनकपुरधाममा नेकपा माओवादीका नेता मातृका यादवसहित सबैला गाँउका स्थानीयबासीहरुले दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए । त्यसक्रममा झडप हुँदा एक दर्जनभन्दा अधिक घाइते भएका थिए ।

धनुषाका डीएसपी मनोज यादवका अनुसार प्रहरीले घटनाको सुक्ष्म अध्ययन गरी पूर्वसांसद यादवका विरुद्ध ठोस प्रमाणहरु अदालतमा पेस गरेको छ । हुलाकी न्यूज

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment