काठमाडौं, ४ असोज । गृह मन्त्रालयले असोज ४ गते मंगलबार सार्वजनिक विदा नभएको स्पष्ट पारेको छ । सोमबार सूचना निकालेर मन्त्रालयले संविधान दिवसको अवसरमा ३ गते मात्रै सार्वजनिक विदा दिएको स्पष्ट पारेको हो ।सामाजिक सञ्जालहरुमा ४ गते पनि संविधान दिवसको अवसरमा सरकारले विदा दिएको भनेर चर्चा चल्न थालेपछि मन्त्रालयले सूचना निकालेर संविधान दिवसको विदा ३ गतेलाई मात्रै भएको स्मरण गराएको हो ।
No comments:
Post a Comment