/ , , , , / कमिसनका लागि इन्जिनियर अपहरण आरोपमा पूर्वमन्त्रीसहित माओवादी केन्द्रका ११ नेता प्रहरीको खोजी सूचीमा

कमिसनका लागि इन्जिनियर अपहरण आरोपमा पूर्वमन्त्रीसहित माओवादी केन्द्रका ११ नेता प्रहरीको खोजी सूचीमा

 काठमाडौं , १७ भदौ । परियोजनाको कमिसन नदिएको भन्दै अपहरण गरी जबर्जस्ती कागज गराएको अभियोगमा पूर्वमन्त्री तथा माओवादी केन्द्रका सचिवालय सदस्य विश्वनाथ साहलगायत ११ नेताविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी परेको छ । 
प्रहरीका अनुसार उनीहरूविरुद्ध लहान जल उत्पन्न प्रकोप डिभिजन ४ नम्बर कार्यालयका इन्जिनियर देवनन्दन मण्डलले उजुरी दिएका हुन् । आफूलाई अपहरण गरी जबर्जस्ती कागज गराएको भन्दै मण्डलले प्रहरीमा उजुरी दिएका छन् । 
स्रोतका अनुसार पूर्वमन्त्री साहको अगुवाइमा ‘सिरहा बचाउ अभियान’अन्तर्गत सिरहा सदरमुकाम नजिकै रहेको मैनाबत्तीमा बाढी रोक्नका लागि तटबन्ध लगाउने भन्दै जल उत्पन्न प्रकोप डिभिजन कार्यालय लहानबाट ५० लाख  रुपैयाँ  विनियोजन भएको थियो ।  मिर्चैयाका श्रवण यादवलाई उपभोक्ता समितिको प्रमुख बनाएर काम गरे पनि परियोजना सम्पन्न भएको थिएन । साहले अध्यक्ष बनाएका यादव पनि माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी जनकपुरकी पत्रकार उमा सिंहको हत्याकाण्डमा पनि मुछिएका थिए । 
स्रोतले भन्यो, “उनले काम गर्न सकेनन्, त्यसपछि त्यो काम इन्जिनियर देव नन्दन मण्डलले बेलैमा सकेका थिए । मण्डलले काम सकेको देखेपछि पूर्वमन्त्री साहले आफूलाई त्यसको कमिसन दिनुपर्ने भन्दै अपरहण गरी ५ लाखको जबर्जस्ती कागज गराए । त्यसपछि इन्जिनियर मण्डलले प्रहरीमा गएर उजुरी दिएका हुन् ।”
साहको समूहमा रामकुमार यादव पनि सामेल भएको प्रहरीले जनाएको छ । उनी पनि माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । 
“अपहरण गरी बन्धक बनाएर जबर्जस्ती कागज गराएको भन्दै प्रहरीमा उजुरी परेको छ,”सिरहाका प्रहरी निरीक्षक श्याम ज्ञवालीले  भने, “हामी अनुसन्धान गर्दैछौं, पूर्वमन्त्रीलगायत ११ जनालाई पक्राउ गर्न पत्राचार पनि गरेका छौं ।” 
स्रोतका अनुसार उजुरी परेका पूर्वमन्त्रीलगायत सबै काठमाडौंमा खुला रूपमा हिँडिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०को आडमा उनीहरू काठमाडौंमा हुने माओवादीका बैठकमा सहभागी हुने गरेका छन् । उनीहरूले मुद्दा मिलाइदिन प्रधानमन्त्री प्रचण्डसँग‘सेटिङ’ मिलाउन थालेको स्रोत बताउँछ । बाह्रखरीबाट  

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment