/ Undifined / धार्मिक एवम् सांस्कृतिक पर्व तीजसँगै चौंठचन्द्र पर्व मनाइँदै

धार्मिक एवम् सांस्कृतिक पर्व तीजसँगै चौंठचन्द्र पर्व मनाइँदै

भदौ १९ ।धार्मिक एवम् सांस्कृतिक पर्व तीज र चौंठचन्द्र आज उल्लासमय वातावरणमा मनाइँदैछ ।

यसपल्ट तिथिको समयमा हेरफेर भएपछि हरितालिका तीज र चौंठचन्द्र पर्व एकसाथ मनाउन लागिएको हो । पतिको दीर्घायुका लागि आज बिहानैदेखि महिला उपवासमा बसेर हरितालिका तीज पर्व मनाइरहेका छन् भने चौंठचन्द्र पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला आज उपवासमा बसेर साँझपख गौरीपुत्र गणेश र चन्द्रमा पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्छन् ।

ऋद्धिसिद्धिका दाता र विघ्नबाधाहर्ता गणेशको पूजा गरी मङ्गलमयको कामना गर्नु र चन्द्रमाको पूजा गरी मिथ्या कलङ्कबाट बाँच्नु नै चौंठचन्द्र पर्वको मुख्य उद्देश्य हो ।

खासगरी मैथिल समुदाय र थारू जातिमा मनाइने गरिएको यो पर्वको पूजा आँगनमै गरिन्छ । वर्षा भइरहेको समयमा घरमा पनि गर्न सकिन्छ । पूजा गर्नका लागि पूजास्थलमा कलात्मक अरिपन बनाइन्छ । सो अरिपन अरुवा चामलको पीठोको हुन्छ । त्यस अरिपनमाथि चन्द्रमाको आकृतिका साथै पूजा सामग्री राख्ने स्थल अङ्कित गरिएको हुन्छ ।

पूजाको सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाई, नरिवल, केरा लगायतका सामग्री राखेर पूजा गरिन्छ । चौंठचन्द्रको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बसेको हुन्छ । साँझपख स्नान गरी नयाँ वस्त्रधारण गरेर धार्मिक विधिपूर्वक पूजा सम्पन्न गर्छन् । पूजा सम्पन्न भएपछि पूजाका सामग्री लिएर पालैपालो गरेर परिवारका सम्पूर्ण सदस्यले चन्द्रमा दर्शन गर्छन् । आजको दिनमा स्वतः चन्द्रमाको दर्शन गरेमा मिथ्या कलङ्क लाग्ने मिथिला संस्कृतिमा जनविश्वास रहिआएको छ ।

प्राचीन मिथिलाका राजा हेमाङ्गद ठाकुरले यो पूजाको शुभारम्भ गरेको जनविश्वास छ । उनी ज्योतिष पनि थिए । द्वापर युगमा भगवान् कृष्णले स्यमन्तक मणि चोरी गरेको झुटो आरोपबाट कलङ्कित भएका थिए । एक ऋषिको सल्लाहमा आजकै तिथिमा चन्द्रमाको पूजा गरेपछि उनी मिथ्या कलङ्कबाट मुक्त भएको धार्मिक ग्रन्थ भविष्य पुराणमा उल्लेख गरिएको छ । यो पर्वको एक पक्ष मिथ्या कलङ्कबाट मुक्त हुनु देखिन्छ भने अर्को पक्ष चोरले आजको रातिमा चोरी गर्न सफल भएमा वर्षभरि सहज ढङ्गले चोरी गर्न सकिन्छ भन्ने भावनाका साथ चोरी गरेर यो पर्व मनाउँछन् ।गा

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment