नयाँ दिल्ली, ३० भदौ । बिहान ११ बजे भारतको राजकीय भ्रमणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल झण्डै एकघण्टामा नयाँदिल्ली पुग्नुभएको छ ।दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभएको छ । प्रधानमन्त्रीको भ्रमण टोली ४२ सदस्यीय सरकारी टोलीसहित एकसय २५ जनाको जम्बो टोलीसहित दिल्ली पुग्नुभएको हो । प्रधानमन्त्रीको महत्वपूर्ण भेटवार्ता शुक्रबार मात्र हुनेछ ।
No comments:
Post a Comment