/ , , , / जमुनी मधेपुरामा झाडापखालाको प्रकोप ,२५ परिवारका पाँच दर्जन बिरामी

जमुनी मधेपुरामा झाडापखालाको प्रकोप ,२५ परिवारका पाँच दर्जन बिरामी

शुभ नारायण यादव , सप्तरी, ३० भदौं । सप्तरीको जमुनी मधेपुरा गाविस वडा न। २ को जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको छ ।विगत चार दिनदेखि सो गाविसका करिब २५ परिवारका पाँच दर्जन भन्दा बढी सर्वसाधारणहरु झाडापखाला रोगको प्रकोपबाट ग्रसित बनेको छ । विगत चार दिन अगाडी स्थानीय शंकर शर्मालाई अचानक झाडापखाला लागेपछि उहाँसँगै उहाँका श्रीमति र छोरा छोरी समेतलाई झाडापखाला लागेको थियो तथा पछि आएर सो टोलमै झाडापखालाको प्रकोप फैलिएको स्थानीय स्वास्थ्यकर्मी संतोष कुमार यादवको कथन रहेको छ ।झाडापखालाको प्रकोपका कारणले त्यहाँका २५ परिवारका बालबालिका देखि बृद्धबृद्धासम्मलाई सो रोगले ग्रसित गरेको स्वास्थ्यकर्मी यादवले जानकारी दिनुभयो । त्यस्तै झाडापखाला प्रकोपकै कारणले १७ वर्षिया रुबी कुमारी यादवले विगत चार दिनदेखि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार गराईरहेको उनका परिवारजनले बताएका छन ।

त्यस्तै झाडापखालाका कारणले विगत दुई दिनदेखि प्रमोद साह पिडित बनेको तथा हाल उनको गाउँमै स्लाईन पानी चढाई उपचार गराईरहेका छन । झाडापखाला प्रकोपका कारणले त्यहाँका प्रत्येक परिवार तथा घरका एक दुई जना पिडित बनेको तथा तिनिहरु हाल गाउँमै औषधि उपचार गराईरहेका छन ।यता जिल्ला जनस्वास्थ्य कार्यालयले त्यहाँका झाडापखाला रोगका पिडितहरुका लागि केही औषधिहरु उपचारका लागि पठाएपनि आवश्यकता अनुसारको औषधि नरहेकाले सो प्रकोप झन फैलिन सक्ने संम्भावना रहेको स्थानीयबासीहरुको भनाई रहेको छ । त्यस्तै झाडापखाला प्रकोपलाई नियन्त्रण गर्नका लागि थप औषधि तथा पानी सुद्धिकरण गर्नका लागि पियुस गार्डको खाँचो रहेको स्थानीय बिरामीहरुको आरोप रहेको छ ।त्यस्तै सो झाडापखाला प्रकोपलाई नियन्त्रण गर्नका लागि थप स्वास्थ्यकर्मीहरुको टोली तथा आवश्यक औषधिहरुको व्यवस्थासँगै जिल्लाका रहेका सरकारी तथा गैर सरकारी संस्थाले समेत सहयोग गर्नुपर्ने माँग स्थानीयबासीहरुको रहेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment