काठमाडौं २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नजिक रहेको बताएका छन् ।
बुधबार दिउँसो मधेशी मोर्चा र संघीय गठबन्धनका नेताहरुसँगको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले थप विश्वासको वातावरण बनाउन दुवै पक्षबाट पहल गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले भने, ‘संविधान संशोधन गरेर संविधानको स्वीकार्यता बढाउने कुरामा सरकार गम्भीर छ । त्यसका लागि दुवै पक्षबाट थप पहल गर्न जरुरी छ ।’
साथै उनले संविधान संशोधनको विषयसँग भारत भ्रमणको कुनै सम्बन्ध नभएको बताए । संविधान संशोधन देशको आन्तरिक मामिला भएको बताएका छन् ।
बैठकमा संघीय गठबन्धन र मधेशी मोर्चाका नेताहरुले भ्रमणको सफलताको शुभकामना दिँदै देशको आन्तरिक मामिला छिटो हल गरेर संविधानको कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । हुलाकी न्यूज,
No comments:
Post a Comment