/ , , , / प्रचण्ड र मोदीको संयुक्त पत्रकार सम्मेलन

प्रचण्ड र मोदीको संयुक्त पत्रकार सम्मेलन

काठमाडौं, १ असोज । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन मार्फत दुई देश बप्चको आपसी सबन्धबारे चर्चा गर्दै नेपालको शान्ति, स्थिरता र समृद्धि दुबै देशको साझा उद्धेश्य भएको बताएका छन् ।

संयुक्त संवोधनमा शूरुमा बोलेका भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै नजिकको छिमेकी रहेको कारण भारतले नेपालको समृद्धिको हरेक पाइलामा सहयात्री बन्न अवसर पाएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले नेपालमा शान्ति र स्थायित्व स्थापना गर्न ठूलो भूमिका खेलेको बताउदै प्रचण्डकै नेतृत्वमा सबै समुदायको चाहनालाई सम्बोधन गर्दै नेपालको संविधान कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए ।

प्रधानमन्त्री मोदीले आज भएको छलफलमा द्वीपक्षीय सहकार्यका लागि पूर्ण प्रतिबद्धता व्यक्त गरेको बताए । उनले भने–“मैले प्रधानमन्त्री प्रचण्डजीलाई भारत नेपालको विकासको सहयात्री बन्न सदैव तयार रहेको बताउन चाहन्छु । नेपालको सरकार र जनताको प्राथमकिताको आधारमा हामी त्यो सदैव गर्न तयार छौं ।”

उनले भूकम्पपछिको पुनर्निर्माणका लागि क्रेडिट लाइन सम्झौता भएको बताउदै यसले भूकम्प प्रभावित भएकाहरुलाई ठूलो राहत पु¥याउने विश्वास लिएको बताए । त्यस्तै तराईको सडक सञ्जाल, ट्रान्समिसन लाइन, कास्कीमा पोलिटेक्निक इन्सिटिच्युट बारेमा पनि सम्झौता हुनुका साथै दुई देशको सुरक्षाको बारेमा पनि छलफल भएको जानकारी गराए । उनले भने–“खुला आकाश, क्रस बोर्डर पावर लाइन, ट्रान्जिट रुट, कनेक्टिभिटीका विषयमा छलफल भएको छ । सबै विकास परियोजनाहरुलाई समयमा सम्पन्न गर्न अनुगमन गर्ने विषयमा हामीबीच छलफल भएको छ ।”

प्रधानमन्त्री मोदीको संबोधनपछि बोलेका प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बर्ष नेपालले ऐतिहासिक रुपमा संविधान निमार्ण गरेको बताउदै त्यसप्रति आशंका नगर्न आग्रह गरे । उनले मधेशमा उत्पन्न समस्या समाधानका लागि भारतको सहयोग पनि महत्वपूर्ण हुने बताए । प्रधानमन्त्री प्रचण्डले दुई देशबिचको आपसी सहकार्यबाट नै ब्यापार, विकासका क्षेत्रमा महत्वपूर्ण प्रगति हुने बताउदै नेपालको विकासमा निम्ति भारतले विभिन्न आयोजना मार्फत गरेको सहयोगको स्मरण गरे । उनले भने– “राजनीतिक स्थीरता, शान्तिपूर्ण र विकासमुलक नेपालको लागि दुई देशबिचको सम्बन्ध अर्थपूर्ण रहेको छ ।”

प्रधानमन्त्रीका रुपमा दोश्रो पटक भारत भ्रमण गरेको बताउदै उनले भारतको स्वागत तथा सम्मानका लागि धन्यवाद दिए । उनले नेपालले सधै पञ्चशीलताका आधारमा नै दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने नीति लिएको बताउदै कुनै समस्या आएका नेपाल सधैँ खुला ढंगले छलफलमा बस्न चाहेको स्पष्ट पारे ।

ब्यापार र बिद्युत प्रशारण लाइनको योजना अगाडि बढाउनु आफ्नो मुख्य एजेण्डा रहेको बताउदै उनले पञ्चेश्वर जलबिद्युत आयोजना अगाडि बढेमा दुबै देशलाई फाइदा पुग्ने बताए ।

नेपाल भारत सीमामा हुने अपराध नियन्त्रण गर्न संयुक्त सुरक्षा संयन्त्र राख्ने, बिद्युत प्रशारण लाइन बिस्तार अगाडि बढाउने, नेपालको सीमानासम्म रेल्वे लाइन विस्तार गर्ने लगायतका विषयमा भएका सम्झौता महत्वपूर्ण भएको बताए ।
साथै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीलाई निकट भविष्यमा नेपाल भ्रमण गर्नका लागि निमन्त्रणा पनि गरे । रातोपाटी

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment