भैरहबा, १ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान विजुक्छेले लोकतन्त्रमा साना दलको आवाजलाई पनि सम्मानजनक तरिकाले सुन्नुपर्ने बताएका छन्। उनले बालुवाटारमा बसेर तीन ठूला दलले बनाएको निर्णय हुबहु संसदले समर्थन नगरी सबैले आ–आफ्नो विचार राख्न पाउनुपर्ने औल्याँएका छन्।
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगद्वारा शुक्रबार भैरहवामा आयोजित साक्षात्कारमा कार्यक्रममा नेता बिजुक्छेले देशको संविधान समय र जनताको माग अनुसार संसोधन गर्न आवश्यक रहेपनि त्यो देशको हित अनुसार मात्र गर्नुपर्ने बताए। मधेशमा बस्ने सबै नेपाली नागरिकले अधिकार पाउनेपर्ने उल्लेख गर्दै व्यवस्थापिका संसदका सदस्य समेत रहेका नेता बिजुक्छेले यस अघिको केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाधिनता, स्वाभिमान र सार्वभौमिकताको पक्षमा जोडदार रुपमा आवाज उठाएकै कारण आफ्नो पार्टीले समर्थन गरेको र वर्तमान प्रचण्ड नेतृत्वको सरकारले यो विषयमा कुरा नउठाएको प्रस्ट पारे।
‘स्थानीय निकाय प्रजातन्त्रको जग हो, त्यसैले निर्वाचन यथाशक्य गरेर सिहंदरबारमा केन्द्रित अधिकारलाई स्थानीय निकायमा ल्याउनुपर्छ,’ उनले भने। भारत र चीन दुवैसंग ऐतिहासिक सम्बन्ध रहेको र दुवै देशसंग समान रुपमा फाइदा लिनुपर्ने नेता बिजुक्छेको तर्क थियो।
No comments:
Post a Comment