/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


भारतमा आतंकवादी आक्रमण, १४ को मृत्यु, दर्जनौ घाइते, दोहोरो फाइरिङ हुँदै

Posted: 05 Aug 2016 04:43 AM PDT



एजेन्सी- भारतको असामस्थित कोकराझारमा भएको एक आतंकवादी हमलामा १४ जनाको मृत्यु भएको छ ।


एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । एक व्यक्तिले अन्धाधुन्द गोली चलाउदा १४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।


शुक्रबार एक कालो पहिरणमा आएको आक्रमणकारीले अन्धाधुन्द गोलि चलाएको थियो । घटनामा १४ जनाको मृत्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन् । अहिले पनि दोहोरो फाइरिङ भैरहेको छ ।

मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घट्नामा NDFB आतंकावदी समूहको हाथ हुनसक्ने अनुमान गरिएको छ । इनकाउन्टर अहिले पनि जारी छ । स्थितिलाई नियन्त्रणमा लिने प्रयास भैरहेको छ । स्थिति नियन्त्रणका लागि भारतीय सेना परिचालन गरिएको छ ।

मधेस आन्दोलनमा मारिएका परिवारलाई एक हप्ताभित्र १० लाख

Posted: 05 Aug 2016 04:39 AM PDT

काठमाडौं,२१ साउन  । सरकारले मधेस आन्दोलनमा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकबाट यो निर्णय गर्नु अघि प्रचण्डले मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग परामर्श गरेका थिए ।
बैठकले मधेस आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिने निर्णय पनि गरेको छ । बैठकपछि सरकारका प्रवक्ता समेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले दिएको जानकारी अनुसार सरकारले घाइतेलाई उपचारको बिल अनुसारको खर्च दिने छ ।
यसैगरी मधेस आन्दोलमा भएको भनिएको दमन छानबिनका लागि पनि गृहमन्त्रालयलाई प्रक्रिया थाल्न मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।
ओली सरकारको पालमा सिफारिस १४ राजदूत फिर्ता गर्ने निर्णय पनि सरकारले गरेको छ ।

बहिनीमाथि खुकुरी प्रहार गर्ने दाजु पक्राउ

Posted: 05 Aug 2016 02:37 AM PDT

ऑनलाइन सिरहा डटकम साउन २१ । आफ्नै बहिनीमाथि खुकुरी प्रहार गरी गर्भमा रहेको शिशुलाई क्षति पु¥याएको आरोपमा प्रहरीले गएराति सिरहाको लहानबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२० निवासी उमेशकुमार महतो रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार भएका उमेशलाई खोजतलास गर्नेक्रममा गाउँनजिकैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । घरायसी विवादका कारण गत २०७२ साल भदौ ८ गते बिहान उमेशले बहिनी रेणुकुमारी महतोमाथि खुकुरीले शरीरका बिभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए । गम्भीर घाइते रेणुको चिन्ताजनक अवस्थामा तत्कालै उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा २०७२ साल भदौ १४ गते उपचारका क्रममा रेणुको गर्भमा रहेको शिशुलाई मृत अवस्थामा निकालिएको थियो । नवजात शिशुको सोही चोटको कारणबाट मृत्यु भएको चिकित्सकले पुष्टी गरेकाले घटनामा संलग्न उमेशलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

सिरहामा बाढीको कहर ,सारस्वरनाथ सहित गाउहरु डुबानमा

Posted: 04 Aug 2016 07:30 PM PDT


सिरहामा भारि बर्षाको धेरै गाउ डुबानमा परेको छ।  कमल नजिकको गाउहरु पानी छिरेपछि मान्छेहरुमा त्रास उत्पन भएको छ। लगातारको वर्षाले सिरहाको विभिन्न नदिमा पानीको बहाब वढेको छ । कमला, बलान, गागन, मैनावती, घुर्मी लगायतका नदिमा पानीको बहाब वढेपछि सिरहाको दक्षिणवर्ती क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
पूर्वमा वाढीले जनजीवन अस्तव्यस्त र डुबानले हजारौं परिवार घरविहिन भईसकेको अवस्थामा सिरहामा सोमवार विहानदेखि लगातारको पानीले विभिन्न नदिमा पानीको बहाब उच्च रहेको छ । कमला नदिमा पानीको बहाब उच्च भएपछि सिरहा नगरपालिका १२ सारस्वरमा बाँध भत्काएर पानी बस्तीमा पसेको छ ।दुई वर्ष अघि कमला नदिले बाँध भत्काएको ठाउँमा पुनः बाँध भत्काएको छ । वाढीको पानीले सयौं विग्हामा लगाईको धानखेती नष्ट गरेको थियो भने नगरको सडक सञ्जालाई ध्वस्त बनाएको थियो । बाढीको बहाब उच्च भए सिरहा नगरपालिकाको विभिन्न वडाहरु जलमग्न हुने र आवतजावतमा समेत कठिनाई हुने स्थानीयहरुको भनाई छ । यो समाचार अपन दैनिकको सहयोगमा तयार पारिएको हो। 

सर्वोच्चले गर्यो मधेशको धार्मीक क्षेत्रमा हस्तक्षेप,गढीमाईमा बालि दिन नपाइने

Posted: 04 Aug 2016 07:17 PM PDT

काठमाडौं २१ साउन । विश्व प्रख्यात गढीमाईको सबभन्दा महत्वपूर्ण पक्षमाथि सर्वोच्च अदालतले हस्तक्षेप गरेको छ ।
दक्षिण एशियामै सबभन्दा बढी पशुबलि दिइने बाराको गढीमाईमा बली रोक्न केही अन्तर्राष्ट्रिय आइएनजीओहरुले केही वर्षदेखि अभियान चलाएका थिए । तर पनि मधेशसहित सिमावर्ती भारतका श्रद्धालुहरुले बलिप्रदान गर्दै आएका छन् ।
गढीमाईमा बलि रोक्ने अन्तर्राष्ट्रिय संस्थाहरुको अभियान स्थिर भएपनि विहीबार सर्वोच्च अदालतले पशुबलि रोक्न आदेश गरेको छ ।
राष्ट्रिय समाचार समितिका अनुसार सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने बलि रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएका अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।
आदेशमा भनिएको छ,'जनतालाई त्यो ठीक होइन भन्ने जनचेतना जगाउनुपर्यो, जनता आफैँले आचारसंहिता तयार गरी लागू गर्ने वातावरण सरकारले बनाउनुपर्यो ।'
वातावरणीय दृष्टिकोणले समेत बलि दिनु उचित नभएको हुँदा सरकारले त्यसलाई रोक्नका लागि समिति गठन गर्न निर्देशन दिइसकेको छ ।
पशुबलि क्रुरताको रुप भएकाले त्यसलाई रोक्न आदेशको माग गर्दै अधिवक्ता अर्जुनकुमार अर्यालले २०७१ मङ्सिर ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गढीमाई मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए । हुलाकी  न्यूजमा खबर छ। 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment