/ , , , , , , / स्थानीय निकाय चुनावको रौनकता लिदै, गोलबजार नगरपालिकाबाट संभावित मेयरको उम्मेदवार बन्दै

स्थानीय निकाय चुनावको रौनकता लिदै, गोलबजार नगरपालिकाबाट संभावित मेयरको उम्मेदवार बन्दै

समग्रसंदेश डट. कम.  ,सिरहा२३ श्रावण, । गोलबजार प्रचण्ड नेतृत्वको नयाँ सरकार गठन लगतै स्थानिय निकाय चुनावको रौनकता लिएका छन् । विगत १४ बर्ष देखि निर्वाचित प्रतिनिधी विहिन रहेका स्थानिय निकाय कर्मचारीको भरमा कछुवाको चाल झै घिस्री घिस्री कार्य गर्दै आएको अवस्था छ । निर्वाचित जनप्रतिनिधी विहिन मौका छोपी स्थानिय निकाय प्रमुख र स्थानिय राजनैतिक दलका प्रतिनिधीहरुको मिलोमतोमा विकासको नाममा भ्रष्टचार दिनप्रतिदिन मौलाउदै गएको अबस्था छ । स्थानिय नागरिक समाजको स्थानिय निकायमा उपस्थिती नगन्य रहेको छ । नागरिक समाजको भुमिका कमजोर रहेकोले विकासका नाममा विनियोजन गरिएको रकम सदुपयोग हुनसकेको छैन । यसै क्रममा बर्तमान सरकारले चैत्र महिनामा गरिने स्थानिय चुनावको रौनक सिरहाको गोलबजार स्थित चिया पसल, होटेल तथा पान पसलमा गोलबजार नगरपालिकाको चुनावको सम्भावित मेयर तथा अन्य प्रतिनिधीहरुको बारेमा आजकल बिहान बेलुका बहसका विषय बनेका छन् । एका बिहानै देखि चिया पसलहरुमा गफाडीहरुको भिडले विभिन्न राजनितिक दलका तर्फबाट संभावित मेयरका उम्मेदवारहरुको सूची समेत बनाएर छलफल अगाडी बढाएका छन् । हाम्रा संवाददाता उनीहरुसंग कुराकानी कै आधारमा नेपाली काँग्रेसबाट चन्द्रदेव यादव, लालबाबु साह, राजकपुर यादव, त्यसतै नेकपा एमालेबाट योगेन्द्र सिंह, श्याम श्रेष्ठ र धर्मनाथ महतो, माओवादी केन्द्रबाट अजिरमान थापा, देवनाथ साह, धनपति महतो र नयाँ शक्ति पार्टी नेपालबाट बिष्णुदेव यादव, ज्ञानकुमार सिंह र जयनारायण यादव संभावित गोलबजार नगरपालकाको मेयरका उम्मेदबार हुन सक्ने अनुमान गरिएको छ । राप्रपाबाट उद्धवबहादुर अधिकारी तथा मधेशबादी दलहरुबाट समेत उम्मेदबारी चयन हुने कसरत हुदै आएको देखिन्छ । बर्तमान सरकारले मधेशी लगायतको माँग सम्बोधन गरी चैत्रमा स्थानिय निकायको चुनाव गराउने सम्भावना रहेको देखिन्छ ।आकाशगंगा न्यूज 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment