समग्र संन्देश डट कम सिरहा, भदौ १ । नगरको चौतर्फी विकासको लागि समन्वय, सहकार्य तथा साझेदारी अपरिहार्य रहेको गोलबजार नगर विकास समिति अध्यक्षको पदस्थापन कार्यक्रमका वक्ताहरुले बताएका छन् । सहरी विकास मन्त्रालय अन्तर्गत साना सहरहरुलाई व्यवस्थित वनाउन गठित नगर विकास समितिको अध्यक्षमा मनोननय हुनुभएको रामचन्द्र सिंहको पदस्थापना कार्यक्रमका बक्ताहरुले पछिल्ला दिनहरुमा विभिन्न कारण गाउँबाट बजारक्षेत्रमा मानिसहरु सर्ने क्रम बढेको भएपनि व्यवस्थित वसोवासमा समस्या भएको बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठले विदेशी कमाई र विभिन्न प्रकारका द्वन्द्वका कारण सहरमा बसाईसर्ने क्रम बढेको बताउनु भयो । उहाँले साना सहरहरु विस्तारको क्रम बढेपनि आधारभुत विकास समेत नभएको भन्दै यसलाई व्यवस्थित बनाउन यो समितिले काम गर्नुपर्ने बताउनु भयो । त्यसको लागि स्थानीय सरोकारबाला कार्यालय तथा अन्य विकास संघसंस्थासँग समन्वय गर्न आवश्यक रहेको सुझाउनु भयो ।
नेता श्रेष्ठले बजारको विस्तार भएपनि विजुली, पानी, बाटो, ढल जस्ता आधारभुत विकासको काम हुन सकेको छैन, त्यस्ता कामहरु विकास समितिले आफ्नो योजनामा पार्न सके राम्रो हुने बताउनु भयो । सोही क्रममा उहाँले यो समितिले पछिसम्म सम्झनेगरी योजना बद्धढंगले काम गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा गोलबजार नगरपालीकाका कार्यकारी अधिकृत राजकुमार दासले नगर विकास सनिति र नगरपालीकाको सम्वन्ध भनेको नङ्ग र मासुको जस्तै हो, हामी विकास समति संग सहकार्यगर्न जतिसुकै वेला तयार रहेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष उत्तर बहादुर जर्घा मगर, मिर्चैया नगर विकास समितिका अध्यक्ष जनार्धन न्यौपाने, लहान नगर विकास समतिका अध्यक्ष लागाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
No comments:
Post a Comment