प्रचण्डले लाजिम्पाटस्थित निवासमा ट्यांकरमार्फत उपलब्ध भएको खानेपानीको बक्यौता ११ लाख ५० हजार पुगेको स्रोतले जनाएको छ ।
लाजिम्पाट निवासमा प्रचण्डले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग किन्दै आएका थिए ।
लिमिटेडले यही साउन ३१ गते अविलम्व भुक्तानीको निम्ति पुर्जी पनि काटेको छ । तर प्रचण्ड प्रधानमन्त्री भइसकेकाले सो पैसा कसले तिर्ने हो लाजिम्पाट निवासले केही बताएको छैन ।
लाजिम्पाटस्थित घरमा लिमिटेडले सरोकारवाला नभेटिएपछि पैसा तिर्न काटिएको पुर्जी प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दर्ता गराएको छ ।
ठूलाबडाले सरकारी सम्पत्ति कसरी दुरुपयोग गर्दा रहेछन् भन्ने प्रमाण प्रधानमन्त्री समेत रहेका प्रचण्डले सबैलाई छर्लङ्ग हुने गरी ११ लाख ५० हजारको पानी खाएर देखाइ दिएका छन् ।
उनकै पार्टीका उर्जामन्त्री जर्नादन शर्माले बिजुलीको पैसा नतिरेको भन्दै पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाहको निवासको बिजुली काटिदिएका थिए ।
अहिलेका भौतिक योजनामन्त्री रमेश लेखकले प्रचण्ड निवासको पानीको लाइन काट्न सक्छन कि सक्दैन भनेर सबैले चासोका साथ हेरेका छन् ।
No comments:
Post a Comment