/ , , , / जिल्ला शिक्षा कार्यालय सिरहामा घेराबन्दी ,अस्थायी शिक्षकहरु उत्रिए आनदोलनमा

जिल्ला शिक्षा कार्यालय सिरहामा घेराबन्दी ,अस्थायी शिक्षकहरु उत्रिए आनदोलनमा


सिरहा  ८ भदौ ।  सरकार संग आफ्नो पाँच बुदे माग राखी पूर्व निर्धारित कार्यक्रम अन्तरगत आज (मंगलबार) दिउसो १ बजे देखि ३ बजे सम्म जिल्ला शिक्षा कार्यालय सिरहालाई घेराबन्दी गरी कार्यालय भित्र आवतजावत बन्द गरेका छन् । शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ मा भएको अस्थायी शिक्षक सम्बन्धी दफालाई संसोधन गर्नुपर्ने तथा अस्थायी शिक्षकहरुलाई प्रकृया पु¥र्याइ स्थायी गर्नुपर्ने अगायतका ५ बुदेँ मांग राखी कार्यक्रमको आयोजना गरिएको कुरा उक्त कार्यक्रममा सहभागी मो.उ.मा.वि. मिर्चैयाका अस्थायी शिक्षक कपलेश्वर ठाकुरले बताए । घेराबन्दी गर्नु भन्दा पूर्व जिल्लाका २१५ अस्थायी शिक्षकहरुको सहभागितामा सदरमुकाम सिरहामा नगर परिक्रमा गरि कोण सभा गरेका गरे । कार्यक्रममा सहयोग गर्न सरोकारवाला नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, पूर्व शिक्षक युनियनका अध्यक्ष संकलदेव यादवले शिक्षक हकहित तथा शिक्षक गुणस्तर वृद्धिमा ने।रा।शि। संगठन सदा अग्रसर भूमिका निर्वाह गर्ने भनि प्रतिवद्धता जाहेर गरे ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment