काठमाडौँ, १ भदौ । बंगलादेशको सुरक्षा अधिकारीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेको छ । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछिको उद्धार र राहतमा बंगलादेश र त्यहाँको सुरक्षा संयन्त्रले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गरेका गरेका छन्।
भेटमा प्रधानमन्त्री दाहालले भने, ‘नेपालमा गत वर्ष आएको बिनाशकारी भूकम्पपछि बंगलादेश सरकार, सुरक्षा संयन्त्र र जनताले गरेको सहयोग, सद्भाव र समन्वयप्रति नेपाल सरकार हार्दिक धन्यवाद व्यक्त गर्दछ।’
नेपाल र बंगलादेश दुवैले प्राकृतिक बिपत्तिको सामना गर्नु परिरहेको भन्दै उद्धार, राहत र पुनर्निर्माणमा एक–अर्काका अनुभव आदान–प्रदान गर्न नेपाल सरकार ईच्छुक रहेको पनि प्रधानमन्त्रीले बताए।
भेटका अवसरमा बंगलादेशका सुरक्षा अधिकारीले नेपालले सक्षम र प्रतिभाशाली प्रधानमन्त्री पाएको भन्दै दुई देशको सम्वन्ध र बिपत्तिको सामनामा बंगलादेशको सुरक्षा संयन्त्र मिलेर काम गर्न ईच्छुक रहेको बताएका थिए।

No comments:
Post a Comment