बनेपा–३१ साउन । काठमाडौंबाट काभ्रेको कोशीपारी, मादनकुँडारी जाँदै गरेको यात्रुबाहक बस बिर्तादेउराली–९, खहरेखोला गाउँनजिकै सोमबार अपराह्न दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।अरनिको यातायात सेवा समितिअन्तर्गत बा ३ ख १०६ नम्बरको सो बस बिहान ७ बजे पुरानो बसपार्कबाट छुटेको थियो।
प्रहरीले घटनास्थलबाट ३२ जनाको शव संकलन गरेको जिल्ला प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए। काभ्रे प्रशासनले चिकित्सकलाई घटनास्थलमै बोलाएर पोष्टमार्टम गरिने बताएको छ।
गम्भीर घाइते २६ जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी त्रिवि शिक्षण अस्पताल, ट्रमा सेन्टर र दीर्घायु अस्पतालमा लगेको छ।
नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं लगिएका २७ पुरुष र १ महिला गरी २८ जनामध्ये १८ जनाको ट्रमा सेन्टरमा र ९ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। काठमाडौं लगिएका घाइते मध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएको छ। त्रिवि शिक्षण अस्पताल पुर्याइएका ९ घाइते मध्ये ३८ वर्षीय रमेश गौतमको मृत्यु भएको छ।
दुर्घटना भएको बसमा ७० भन्दा बढी यात्रु रहेका रहेछन्। छतमै १० भन्दा बढी यात्रारत थिए। अत्यधिक यात्रु बोकेको बस अनियन्त्रित भएर खहरेखोला नजिकै सडकबाट तल खसेको रहेछ।
घाइते भएका मध्ये अधिकांशको मेरुदण्ड, टाउको, हात खुट्टामा चोट लागेको छ । घाइते हुनेहरुमा अढाई वर्षिया बालिकादेखि ८५ वर्षका वृद्ध सम्म रहेका छन् ।
दिनभर पानी परेकाले शव संकलन र सनाखत गर्नका लागि कठिनाई भइरहेको घटनास्थलमा रहेका काभ्रेका प्रजिअ बालकृष्ण पन्थीले बताए, ‘राती अबेरसम्म भएपनि खोजी कार्य जारी राख्छौं । तर भूधरातल ठाडो भीर भएकाले काम गर्नमा कठिनाई भइरहेको छ’, उनले थपे।
प्रत्येक दिन एउटामात्रै बस मादनकुँडारीसम्म जाने भएकाले बसमा खचाखच यात्रुहरु रहेका स्थानीय शिक्षक नेत्रप्रसाद खरेलले जानकारी दिए । बस खसेको खबर आएलगत्तै स्कूलबाट घटनास्थलमा उद्धारका लागि पुगेको उनले बताए ।
बाटो साँघुरो र धेरै ठाउँमा पहरो फोरेर बनाइएकोले कोशीपारीको यात्रा गर्न सधैं नै जोखिम हुँदै आएको बिर्तादेउराली गाविसका पूर्व गाविस अध्यक्ष बाबुकृष्ण पन्तले भने । दैनिक एउटामात्र बस चल्ने भएकाले यात्रुहरुको चाप बढी नै हुने गरेको उनको भनाई छ ।
‘सोमबारको दुर्घटनामा समेत बसमा ७० भन्दा बढी यात्रु रहेका रहेछन् । जनजागृति प्रावि कटेर खहरेखोला गाउँ पुग्दानपुग्दै दुर्घटना भएछ’, पन्तले थपे, ‘अत्यधिक यात्रु बोकेको बस अनियन्त्रित भएर खहरेखोला नजिकै सडकबाट तल खसेको रहेछ’, उनले भने ।
काठमाडौं पुरानो बसपार्कबाट बिहान ७ बजे छुटेको सो बस अपराह्न १ बजे दुर्घटनामा परेको हो । बनेपामा पुगेपछि बसभित्र चामल, मैदा र सिमेन्ट लोड गरिएको थियो । खहरे खोलाको उकालो लाग्दै गर्दा ओभरलोडका कारण बसले नतानेपछि चालकले ब्याक गरेर हुत्याउन खोज्दा बस खसेको बिर्तादेउराली–६ का घाइते बिनोद न्यौपानेले बताए ।
‘बसको भित्र खचाखच र छतमा १० जनाजति यात्रुहरु थिए । मान्छेसँगै धेरै सामानहरु पनि बसभित्र र छतमा थियो । ओभरलोड भएरै बसले तान्न नसकेको हो’, उनले भने । उनका अनुसार छतमा रहेका यात्रत्रु हाम्फालेर बाँच्न सके पनि बसभित्रका यात्रुहरुले निस्कने मौका नै पाएनन् ।
काभ्रेको दोलालघाटसम्म पीच सडक भए तापनि कोशीपारीको सबै सडक कच्ची रहेको छ । यही ग्रामीण सडकमा समेत लक्षित गर्दै अरनिको यातायातले दोलालघाट हुँदै दुई वटा मुख्य सडकमा बस सञ्चालन गर्दै आएको छ ।
माथिल्लो बाटो सुरक्षित भएपनि वर्षयाममा चिप्लो र अप्ठेरो हुने भएकाले समितिले तल्लो बाटो कोलाँतीभुम्लु, बिर्तादेउराली, कात्तिकेदेउराली हुँदै मादन कुँडारीसम्म नियमित बस चलाउँदै आएको छ ।
समितिले एक दशकअघिदेखि कोशीपारीका विभिन्न रुटमा बस चलाउँदै आएको छ । कच्ची र साँघुरो बाटो भएकाले उक्त रुटहरुमा सन् २०१० भन्दा पुराना मोडेलका बसहरुलाई चलाउन नदिने नियम बनाएको बताउँदै आएको छ ।
‘आज दुर्घटना भएको बस सन् २०११ मोडेलको हो । बस चालक नै बस धनी थिए । हामीले जुन रुटमा बस चल्ने गरेको हो सोही रुटका धनी, चालक र सह–चालकलाई प्राथमिकता दिँदै आएका छौं’, समितिका अध्यक्ष जीतबहादुर भारतीले भने ।
दुर्घटना भएको बसका चालक र धनी रामेछाप, लखनपुरका अर्जुन गौतम हुन् । ४ वर्षदेखि मादनकुँडारी रुटमा स्थायीझैं बस चलाउँदै आएका थिए । उनका भाई कमल गौतम सह–चालकका रुपमा काम गर्दै आएका छन् । दुर्घटनामा चालक अर्जुनको हात भाँच्चिएको छ भने सह–चालक गौतम जोगिएका छन् ।

No comments:
Post a Comment