काठमाडौं, साउन ३१ । काभ्रेमा भएको बस दुर्घटनाका घाइतेलाई भेट्न गृहमन्त्री विमलेन्द्र निधि अस्पताल पुगेका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका घाइतेहरूको उपचार राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको छ । गृहमन्त्री निधिले केही घाइतेहरुसँग कुराकानी गरी उपचारमा कुनै कसर बाँकी नराख्ने आश्वासन दिएका छन्। उनले दुर्घटनाबारे छानबिन हुने पनि बताएका छन्। गृहमन्त्री निधिले घाइतेहरूको उपचार खर्च यातायात व्यवसायी र सरकारले बेहोर्ने प्रतिबद्धतासमेत जनाए। गृहमन्त्रीसँगै घाइतेहरूलार्इ भेट्न गृहसचिव नारायण गोपाल मलेगो, सशस्त्र प्रहरी प्रमुख दुर्जकुमार राई र नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल पनि अस्पताल पुगेका थिए।
No comments:
Post a Comment