नारायण महर्जन काठमाडौं, साउन २६ ।अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि यातायात व्यवस्था विभागले साउन ५ गते देखि खुल्ला गरेको १५ सय नयाँ ट्याक्सीको आवेदन फारम भर्नेको भिड लागेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयसँगै विभागले अति प्रभावित जिल्लाका पीडितलाई ट्याक्सी नम्बर दिने गरी भदौ २ गतेसम्म आवेदन माग गरेको थियो। आवेदन फारक भर्ने दिन सकिन लाग्दै गर्दा फारक भर्नेहरुको भिड बढेको हो। भिड बढेसँगै यातायात कार्यालय एकान्तकुनामा दलालहरुको कमाउ धन्दा पनि बनेको छ।
दलालहरुले फरम भर्न आउने आवेदकसँग ल्याप्चे लगाएको, गम प्रयोग गरेको मात्र ५० देखि १ सय रुपैयाँ लिइरेहको छन्। तर नियामक निकाय भने मौन छ। अझै आवेदन दिने समय एक साता बाँकी रहेको समयमा अहिले नै ५० हजारभन्दा बढीले आवेदन दिइसकेको कार्यालयले जनाएको छ।
यो संख्या ६५ हजारदेखि ७० हजारसम्म पुग्ने विभागका प्रवक्ता बसन्त अधिकारीले बताए। दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा गरी १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सूचीकृत गरेको छ ।
ट्याक्सीमा भन्सार छुट तथा कुनै पनि सहुलियत भने नभएको र माग संख्या भन्दा बढीको आवेदन आएको कारण गोला प्रथाबाट छनौट गरिने अधिकारीले बताए। पीडित आफैं सक्कल प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने र एकजनाले एकभन्दा बढी आवेदन दर्ता गर्न नपाइने पनि उनले बताए ।
No comments:
Post a Comment