
नेपाल सरकार शिक्षा मन्त्रालयले हालै गरेको आठौं शिक्षा ऐन सम्सोधन मार्फत अस्थायि शिक्षकहरुलाई गोल्डने ह्याडसेकमार्फत विदायीदिने योजना ल्याएपनि उहाँहरुले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
वर्षौं वर्ष काम गरेर आज निश्चित रकम लिएर जागीर छाडभन्नु श्रम ऐन विपरित भएको भन्दै शिक्षकरुले आफूहरुलाई प्रकृया पुर्याएर स्थाई गराउनु पर्ने माग गरेको छ । आफूहरुको मागप्रति वेवास्ता गरे चरणबद्ध आन्दोलनमा जान आफूहरु बाध्ये हुने अस्थायी शिक्षक आन्दोलन समिति सिरहाका अध्यक्ष प्रमोद सिंहले बताउनु भयो ।
उहाँले देश भरी ठूलो संख्यामा रहेको अस्थायी शिक्षकहरुले वर्षौंंदेखि यहाँको शिक्षाको विकासमा टेवा पुर्याउँदै आयो, आज हामीलाई यसरी फ्ल्नु गलत भएको अध्यक्ष सिंहले बताए ।
आन्दोलन समितिले शिक्षा ऐन आठौं संसोधन खारेज गरी आफूहरुलाई प्रकृया पुर्याएर स्थाई गर्नु पर्ने, शिक्षा ऐन २०६३ लागु भएपछि उमेर हदका कारणले अवकास पाएका अस्थाई शिक्षकहरुलाई स्थाईशिक्षक सरह औषधि उपचार खर्ष सहित उपदानको व्यवस्था गर्नु पर्ने, अस्थायी, लियन, परियोजनाका शिक्षकहरुलाई शतप्रतिशत अस्थाई सेवा अवधि स्थायी सेवामा गणता गरिनु पर्ने, बाल विकास केन्द्रका सहयोगी कार्यकर्तालाई प्रावि शिक्षक सरह तलवभत्ताको व्यवस्था गर्नु पर्ने माग गरेका छन् ।
सो अवसरमा अस्थायी शिक्षकहरुको माग प्रति शिक्षक संगठनहरुले ऐकेबद्धता जाहेर गरेका छन् । शिक्ष्शाक संगठनका शिवराज यादव, शिक्षक संघका मनोज कुमार यादव, लोकतान्त्रिक शिक्षक मञ्चका मनोज कुमार झा लागाएतले माग प्रति समथृन जनाउनु भएको छ ।
उहाँहरुले अस्थायी शिक्षकहरुले आफ्नो अधिकारको आन्दोलन अगाडी बढाए आफूहरु सधै साथमा रहने उहाँहरुले बचनबद्धता व्यक्त गर्नुभएको छ ।
सिरहामा दुई सय १४ जना अस्थायी शिक्षकहरु रहेका छन् । जस मध्ये ८३ जना महिला शिक्षक रहेका छन् ।
No comments:
Post a Comment