/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सिरहामा डूबेर दूईको मृत्यु

Posted: 28 Jul 2016 06:08 AM PDT

राम नारायण पंडित, सिरहा, १३ साउन । सिरहामा पानीमा डूबेर दूई जनाको मृत्यु भएको छ । सिरहाको लहान १५ ढोडनामा पोखरीमा डूबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५० वर्षिय गुदर सदाय रहेको प्रहरीले जनाएको छ । बुधबार घरबाट निस्केका सदाय अबेर सम्म घर नफर्किदा खोजी गर्ने क्रममा उनको शव आज बिहान (विहिबार) पोखरीमा फेला परेको हो । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोलीले प्रकृया पुरा गरी शवको पोष्टमार्टमको लागि लहान पठाइएको छ । यता, लहान ४ बस्ने ६७ बर्षिया मिनतलाल साह बलान खोलामा मृत अवस्थामा फेला परेको छ । मंगलबार घरबाट निस्केका साह अबेर सम्म घर नआउँदा खोजी गर्ने क्रममा बुधबार सखुवानन्कारकट्टी ९ स्थित बलान खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गोबरगाढाका ८५ परिवारलाई राहत वितरण

Posted: 28 Jul 2016 05:50 AM PDT

शुभ नारायण यादव
-टापुका ती परिवारहरु डुबानमा परेपछि जिल्ला दैवी प्रकोप उद्दार समितिले राहत स्वरुप चिउरा, मुरही र दालमोठ वितरण गरेको हो ।समितिका संयोजक एवं सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर आचार्य, जिल्ला प्रहरी कार्यालयका एसपी भिम प्रसाद ढकाल, नेपाली सेनाका गणपति भुवनेश्वर आचार्य, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका डिएसपी निरकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघका काबाअध्यक्ष श्रवण कुमार देव लगायतकाहरुको उपस्थितिमा त्यहाँका बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको जानकारी प्राप्त भएको छ ।
कोसी नदीको बीच भागमा टापुको रुपमा अवस्थित तत्कालिन गोबरगाढा गाविसका स्थानियहरु हरेक वर्ष वर्षाको समयमा कोसीको बाढीबाट पीडित बन्दै आएका छन् । यसअघि जिल्लाको तिलाठी र सकरपुरा गाविसका करिब १ हजार २ सय बाढी प्रभावित परिवारलाई राहत स्वरुप विभिन्न खानेकुराहरु वितरण गरिएको थियो ।

सिरहामा विभिन्न प्रलोभनमा कम्पनीले गरे लाखौंको ठगी

Posted: 28 Jul 2016 12:40 AM PDT

सिरहा साउन ,१२ गते। समुदायको जीवनस्तरलाई उकास्ने गरी सञ्चालनमा रहेका सहकारीहरुले नागरीकलाई ठग्ने धन्दामा सक्रिय रहेको छ ।
 लहानमा रहेको लहान सामुदायिक इन्भेस्टमेन्ट कम्पनीले दलित समुदायको आर्थिक अवस्थालाई उकास्ने गरी विभिन्न सञ्जालहरु गठन गरेका छन् । त्यही कम्पनीले सिरहा नगरपालिका १० भलुवाहीमा सञ्जाल गठन गरे । त्यसमध्येका एक सञ्जालका अध्यक्ष हुन् पारवती देवी सदा । उनीसँगै उक्त सञ्जालमा मंजु देवी सदा (कोषाध्यक्ष), अनुरागी देवी कामती (सदस्य) सक्रिय छन् । उनीहरुलाई सञ्जालमा रहेर काम गरे वापत तलबभक्ता दिने कम्पनीले आश्वासन दिए । छोराछोरीलाई निःशुल्क पढाउने, लुगाफाटो दिने, शौचालय निर्माण गरिदिने, घर नभएकाहरुलाई घर बनाइदिने भन्दै १ हजार २५ रुपैया तिरेर कम्पनीले उनीहरुलाई समूहको सदस्य बनाए । यस्तै सदस्य भएकाहरुलाई खानेपानी गर्जो टार्न चापाकल दिने र जडान खर्च ८ हजार सदस्यहरुले दिनुपर्ने भन्दै रकम असुली गरे । सदस्यहरुलाई कुनै कागजी प्रमाण नदिई बचत गर्न अहएको कोषाध्यक्ष मंजुदेवी सदाले बताईन् । उक्त कम्पनीले हातेकलको लागि भलुवाही र नरैहियाका ९० जनासँग प्रति व्यक्ति ८ हजारको दरले रकम असुली गरेको हो । उनीहरुमध्ये केहीलाई विश्वासमा लिन चापाकल दिईएको र त्यसै आधारमा अरुसँग रकम असुली गरेको समूह सदस्य अनुराग देवी कामतले बताईन् । शिक्षामा पहुँच न्यून भएकाहरु समूहका अध्यक्ष भएपछि उनीहरुलाई उठाएका पैसा फिर्ता गर्न समस्या भएको छ । समूह मार्फत उठाईएको पैसा सवै लहान सामुदायिक इन्भेस्टमेन्टले लगिसकेको छ । उक्त कम्पनीले नत पैसा फिर्ता गरेको छ, नत हातेकल नै वितरण गरेको छ । कम्पनीले आफूहरुलाई ठगेको समूह सदस्यहरुको भनाई छ । आफूहरु अन्यायमा परेको र चापाकल जडान गर्न लिएको पैसा सदस्यहरुलाई फिर्ता नगर्दा थप समस्या आएको अध्यक्ष पारवती देवी सदाले बताईन् ।
यता उक्त कम्पनीका प्रतिनिधी बिनोद चौधरीले खानेपानी जडान गर्न भन्दै प्रति सदस्य ८ हजारको दरले रकम बुझेको स्वीकार गरेका छन् ।
रकम बुझेको भन्दै चौधरीले समूहका सदस्यहरुलाई रकम फिर्ता दिईरहेको प्रतिक्रिया दिए । जिल्लामा यस्ता सहकारी संस्था र कम्पनीहरुको शिकार ग्रामीण समुदाय पर्ने भएकोले यसको छानबीन हुन सकेको छैन् । सहकारी कार्यालयहरुले यसप्रति ध्यान नदिदा सर्वसाधारण जनता ठकिने क्रम जारी रहेको जानकारहरुको भनाई छ । यसैवीच प्रहरीले आफूहरुमा त्यस्तौ कुनै उजुरी नआएको बताएका छन् । सिरहा प्रहरीका एसपी श्याम लाल ज्ञावलीले ठगी सम्बन्धी उजुरी आए कारबाही प्रकृया अगाडी बढाउने जानकारी दिए

भन्सार छलेर ल्याउदै गरेको अबैध कपडा बरामद

Posted: 27 Jul 2016 08:27 PM PDT

राम नारायण पंडित, सिरहा, १२ साउन । भन्सार छलेर ल्याउदै गरेको अबैध कपडा सिरहा प्रहरीले बुधबार बरामद गरेको छ । बिशेष स७३घढसराकीको आधारमा खटिएकोको प्रहरीको गस्ति टोलीले सिरहा नगरपालिका ३ मखनाहाबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको अबैध कपडा बरामद गरेको छ । भन्सार छली ल्याउँदै गरेको अन्दाजी ८० हजार ४ सय ९० रुपैया मोलबराबरको कपडा सहित सिरहाको औरही १ बस्ने २६ बर्षीय अमेन्द्र कुमार यादवललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका यादव र कपडालाई आबश्यक कार्वाहीका लागी जिल्ला भन्सार कार्यालय खैरटोका माडरमा बुझाईएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment