राम नारायण पंडित, सिरहा, १३ साउन । सिरहामा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरहाको लहान १५ ढोडनामा पोखरीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५० वर्षिय गुदर सदाय रहेको प्रहरीले जनाएको छ । बुधबार घरबाट निस्केका सदाय अबेर सम्म घर नफर्किदा खोजी गर्ने क्रममा उनको शव आज बिहान (विहिबार) पोखरीमा फेला परेको हो । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोलीले प्रकृया पुरा गरी शवको पोष्टमार्टमको लागि लहान पठाइएको छ । यता, लहान ४ बस्ने ६७ बर्षिया मिश्रलाल साह बलान खोलामा मृत अवस्थामा फेला परेको छ । मंगलबार घरबाट निस्केका साह अबेर सम्म घर नआउँदा खोजी गर्ने क्रममा बुधबार सखुवानन्कारकट्टी ९ स्थित बलान खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment