Onlinesiraha-Nepali |
प्रविधिको सुरुवात ः कम्प्युटरबाटै मालपोत कार्यालयले लालपुर्जा दिए Posted: 18 Jul 2016 10:45 PM PDT एसके कामति सिरहा, साउन ४ गते/नयाँ आर्थिक वर्ष सुरु भएसँगै मालपोत कार्यालय सिरहाले कम्प्युटर प्रणालीको प्रयोग थालेको छ । सिरहा मालपोत कार्यालयको कार्यक्षेत्रमा रहेको जिल्लाको चारवटा नगरपालिका अन्र्तगतका सेवाग्रहीलाई कम्प्युटर प्रणालीबाट लालपुर्जा वितरण थालिएको छ । सिरहा, रामनगर मिर्चैया, असनपुर गोलबजार र सुखिपुर नगरपालिका (पूराना ३० गाविस) का सेवाग्रहीलाई कम्प्युटर प्राणलीबाटै लालपुर्जा दिन थालेपछि सेवाग्रही हर्षित भएका छन् । नयाँ आर्थिक वर्षको पहिलो दिन कार्यालयले पाँच वटा लालपुर्जा जारी गरेको कार्यालय प्रमुख ज्ञानराज लम्सालले बताए । २०६८ सालमा यी गाविस र नगरपालिकाहरुको तथ्यांक इन्ट्री गरिसकेपनि लालपुर्जा जारी गर्ने कार्य बल्ल सुरु भएको हो । कार्यालयले सिरहा नगरपालिका १२ सारस्वरका लिलादेवी मण्डलले बेचेको २ कट्ठा ५ धुर जग्गाको लालपुर्जा दिलिप मण्डलको नाउँमा जारी गरेको छ । यस्तै सुखिपुर नगरपालिका ९ का बनौधी सदाले बेचेको १ कट्ठा ५ धुर जग्गाको लालपुर्जा रामचन्द्र साहको नाउँमा, मिर्चैया नगरपालिका ६ फुलबरीयाका रामकुमार साहले बेचेको ५ धुर जग्गाको लालपुर्जा विन्दी कुमारी साह र असनपुर गोलबजार नगरपालिका १२ का धनीराम रायले बेचेको १ कट्ठा ११ धुर जग्गाको लालपुर्जा रामराजी मण्डलको नाउँमा कम्प्युटर प्रणालीबाट जारी गरिएको सहायक कम्प्युटर अपरेटर रामकुमार यादवले बताए । ६ नगरपालिका र ६३ गाविस रहेको सिरहा जिल्लामा कार्यालयले सेवाग्रहीलाई कम्प्युटर प्रणालीबाट लालपुर्जा वितरण गरेपछि कम समय लाग्ने र किर्ते गर्न नसकिने कार्यालयको दाबी रहेको छ । कम्प्युटरबाटै मोठ भिराएपछि रजिष्ट्रेशन पास गरिएको प्रमुख लम्सालको भनाई छ । यसरी लालपुर्जा कम्प्युटर प्रणालीबाट जारी गर्दा सेवाग्रहीलाई निकै सजिलो हुने र अतिरिक्त कागजहरु राख्नुपर्ने भार पनि न्यून हुने प्रमुख लम्सालको दाबी छ । सुरुमा केही असहज महसुस भएपनि आउँदा दिनहरुमा यो निकै प्रभावकारी हुनेछ । |
Posted: 18 Jul 2016 10:23 PM PDT ![]() |
You are subscribed to email updates from Online Siraha. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment