Onlinesiraha-Nepali |
श्रममन्त्री बोहोराको बेइमानीः सक्दासम्म यसरी लुटिन्छ राज्यकोष ! Posted: 14 Jul 2016 06:41 AM PDT ३० असार, काठमाडौ । राजनीतिलाई समाज सेवाको एउटा पाटोबाट व्याख्या गरिन्छ । जीवनभर राजनीति गर्नेहरु देशका लागि निजी जीवन त्यागेको दाबी गर्छन् । तर, त्यस्ता नेताहरु मन्त्री र प्रधानमन्त्रीजस्तो पदमा पुग्दा के सोच्लान् र के गर्लान् ? कैयौँ सार्वजनिक तथ्यहरुले सत्तामा पुगेपछि मन्त्री, प्रधानमन्त्री र तिनका वरिपरिका मानिसहरु भ्याउँदासम्म राज्यकोषको अधीक दोहनमा केन्दि्रत भएको देखाइरहेको छ । गत हप्ता प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री निवासको खर्च विवरणमा पनि यस्तै देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको एउटा रात्रीभोजमा १० लाख सिध्याएको बिल सार्वजनिक भएको थियो । यस्तै बालुवाटारको एक महिनाको खाजा खर्च ४ लाख पुगेको थियो । यसरी खर्च भएको पैसा विपन्न परिवारले आफ्नो गाँस कटाएर राज्यको विकासका लागि तिरेको कर हो । श्रम मन्त्रीको लुट ! श्रममन्त्री दीपक बोहराले पनि राज्यकोषको अधीक दोहन गरेको पाइएको छ । उनले करिब एक महिनाअघि जेनेभाको एउटा सम्मेलनमा भाग लिन जाँदा हवाइ टिकटका नाममा मात्र करिब एक लाख ५० हजार 'घोटाला' गरेका छन् । ![]() जेनेभामा सम्पन्न उक्त कार्यक्रम पूर्वनिर्धारित थियो । यस्तो कार्यक्रममा लागि मन्त्रालयको आर्थिक प्रशासन महाशाखाले आवश्यक सबै व्यवस्था मिलाइदिएको हुन्छ । टिकट काट्नेदेखि सबै व्यवस्था मन्त्रालयले मिलाएको हुन्छ । तर, मन्त्री बोहराले भने आफ्ना लागि आफैँ टिकट काट्ने भन्दै मन्त्रालयलाई टिकट नकाट्न भन्नुभयो, अनलाइनखबरसँग कुरा गर्दै मन्त्रालयका लेखा अधिकृत अशोक रानाले भने, मन्त्रीज्यूले आफैँ टिकट काट्नुभएछ, सचिव, सहसचिवसहित अन्य सरहरुको टिकटमात्र हामीले काट्यौँ ।' सचिवको दुई लाख, मन्त्रीको तीन लाख ? एउटै कार्यक्रममा सहभागी हुन सँगै विदेश गएका मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको टिकट मूल्य २ लाख १२ हजार देखाइएको छ । तर, एउटै प्लेनमा गएका मन्त्री बोहराले भने ३ लाख १२ हजार तिरेको बिल पेश गरेका छन् । उनीहरुको टिकट काटेको खुशी वर्ल्ड ट्राभल्स र सुरुची ट्राभल्स भने जेनेभाका लागि आउन-जान बढीमा एक लाख ८० हजारभन्दा बढी मूल्य नपर्ने जानकारी गराएको छ । ग्राहक बनेर राखिएको जिज्ञासामा सुरुची ट्राभल्स र खुशी वर्ल्ड ट्राभल्सका राजेश शाहले जेनेभाका लागि पर्ने हवाइ टिकटको मूल्य १ लाख ८० हजार बताएका हुन् । तर, सचिवले यसमा १ लाख र मन्त्रीले २ लाख बढी तिरेको देखाएका छन् । नेता र कर्मचारीहरु सरकारी खर्चमा विदेश जाँदा डलरमा दैनिक भत्ता राज्यकोषबाट लिने गर्छन् । त्यसबाट पनि उनीहरुले लाखौं रुपैयाँ बचत गर्छन् । तर, त्यसरी राज्यकोषबाट पाएको भत्ताबाट पनि चित्त नबुझेर उनीहरुले टिकटमा समेत बढी खर्च देखाई राष्ट्रको ढुकुटीमाथि लुट मच्चाउँदै आएका छन् । मन्त्री बोहोरा पञ्चायतकालदेखि नै पटक-पटक मन्त्री हुँदै आएका छन् । र, उनले अहिलेसम्म खुलेआम अनियमितता गर्ने गरेको भुक्तभोगी कर्मचारीहरु बताउँछन् । तर, नयाँ संविधान बनेर गणतन्त्र स्थापित भइसक्दा पनि कमिसन खाने मन्त्री र कर्मचारीमाथि कुनै लगाम लाग्न सकेको छैन । मन्त्री आफैँले टिकट काट्न भन्नुभयो: खुशी वर्ड ट्राभल्स प्रशासन विधिमा पूर्वनिर्धारित कार्यक्रमका लागि मन्त्रीको हवाइ टिकटदेखि सबैखाले व्यवस्था मन्त्रालयले मिलाएको हुन्छ । मन्त्रीहरु टेबलमा रहेको जगबाट गिलासमा पानी हालेर समेत आफैँ नखाएर अरुलाई काम लगाउने गर्छन् । मन्त्री बोहराका लागि पनि टेबलको जगबाट गिलासमा पानी हाल्दिन छुट्टै कर्मचारी खटिएका छन् । तर, मन्त्री बोहरा हवाइ टिकट कटाउनका लागि आफैँ अग्रसर हुनु र टिकटको मूल्य बजार मूल्यभन्दा झण्डै दोब्बर हुनु अर्थपूर्ण छ । 'उहाँ वनमन्त्री हुँदा पनि मैले नै टिकट काटिदिने गरेको थिएँ,' खुशी वर्ल्ड ट्राभल्सका राजेश शाहले अनलाइनखबरसँग भने, 'यसपटक अन्तिम समयमा मैले नै टिकट काटिदिएको हो ।' टिकटको मूल्य कसरी महंगो पर्न गयो त भन्ने प्रश्नमा भने शाहले अनकनाउँदै मन्त्रीले ढिला खबर गरेको र समय जिकज्याक पर्न गएको लगायतका तर्क गरे । यसैवीच श्रम मन्त्रालयका मन्त्री, सचिव सहित सहसचिव आभा शर्मा पनि सोही कार्यक्रममा सहभागी हुन जेनेभा पुगेकी थिइन् । उनले इकोनोमी क्लासको टिकट प्रयोग गरेकी थिइन् । र, त्यसको मूल्य करिब एक लाख २० हजार परेको थियो । स्रोत;onlinekhabar |
You are subscribed to email updates from Online Siraha. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment