विराटनगर, १६ साउन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेश झरेर बाढी पिडितहरुलाई राहत वितरण गर्नु भएको छ । शनिवार अध्यक्ष महतोले बिराटनगर उपमहानगरपालिका बडा नम्बर १६ बखरी टोलका मुसार दलित समुदायका ९५ घर धुरिका ऋषिदेब परिवारलाई राहत वितरण गरेका छन् । बाढीले पिडित भएका मुसहर गरिब दलित परिवारलाइ एक एक बोरा चामल , त्रिपाल ,कमल लगायतका खाद्यान्न सामग्री वितरण गरेका थिए ।
नेपाल भारत मैत्री समाज, पतान्जली योग पिठ तथा साल्ट टे«डिङ्ग को सहयोगमा सो क्षेत्रमा राहत वितरण गरिएको सद्भावना केन्द्रिय सदस्य छत्रपति लामाले जानकारी दिनु भयो ।
No comments:
Post a Comment