/ / ‘तैपनि लेखिरहन्छु

‘तैपनि लेखिरहन्छु

लेखनकक्षमा भुवनहरि सिग्देल
भुवनहरि सिग्देलकी काकीलाई महाभारत, रामायणका श्लोक कन्ठै थिए। फुर्सदका बेला भुवनकी आमासँग उनी भाका हालेर श्लोक गाउँथिन्। भुवन आमाको काखमा बसेर बडो ध्यान दिएर आमोईको सुरिलो स्वरसँगै निस्कने श्लोक सुन्थे।
 
भुवनले अक्षर चिन्न थालेपछि भने आमोईले लय हालेर श्लोक पढ्न लगाउँथिन्। उनी भाका हाल्न जान्दैन थिए। अनि काकीले सिकाउँथिन्। यही भाका उनको मनमा गढेर बस्यो। काकीकै प्रेरणाले उनीपछि कवि बने।
 
काकी तिनै हुन्, जसको जीवनमा भुवनले ‘आमोई’ लेखे। र, अहिले उक्त कृति मदन पुरस्कारको उत्कृष्ट सातको मनोनयनमा परेको छ।
 
भुवन आफ्नी काकीलाई आमोई सम्बोधन गर्थे। आमोई भुवनकी आमाकी साक्खै दिदी पनि थिइन्। उनी ११ वर्षकै उमेरमा बिधवा बनेकी थिइन्।
 
‘छन्द कवि’का रुपमा चिनिए पनि आधा दर्जन उपन्यास, केही थान कथा संग्रह, यात्रा निबन्ध, संस्मरण, आत्मकथा गरी झन्डै दुई दर्जन कृतिका लेखक सिग्देल ०५४ सालमा ‘आर्तनाद’ शीर्षकको खण्डकाव्य लेखेर औपचारिक लेखनमा होमिएका थिए।
 
उनले जतिबेला छन्द कविता लेखेर किताबै निकाले। त्यतिबेलासम्म उनलाई छन्द कविता लेख्नेबारे कुनै ज्ञान थिएन। सानोमा आमोईबाटै सुनेको श्लोकको आधारमा नै छन्द कविता लेख्ने सकेको उनी बताउँछन्।
 
त्यसअघि उनी लेख्न त लेख्थे तर कुनै उद्देश्यबिना।
 
राष्ट्रिय कम्प्युटर केन्द्रमा २४ वर्ष काम गरेर केही वर्षदेखि ‘रिटायर्ड जीवन’ बिताइरहेका सिग्देल सानैदेखि यात्रा गर्न रुचाउँथे। सरकारी जागिर खानु अघिदेखि नै मोटरसाइकल यात्रा गर्ने उनी जहाँ पुगे पनि क्यामरा र डायरी छुटाउँदैनन्। जहाँ पुग्थे, फोटो खिच्थे, डायरीमा यात्रा अनुभव, दैनिकी लेख्थे। यात्रामा नहुँदा पनि उनी हरेक दिनजसो डायरी लेख्थे। लेखिएका ती चिज कहिले कहिले कविताजस्ता बन्थे, कहिले निबन्धजस्ता।
 
हालैको एकदिन हामी सानेपास्थित उनको निवास पुगेका थियौं। तेस्रो तल्लामा रहेको एउटा फराकिलो कोठा उनको लेखनकक्ष हो। लेख्न बस्नुलाई उनी ‘गुफा पस्नु’ भन्दा रहेछन्। हामी यही गुफाको एक भित्तासँगै टाँसिएको सोफामा बसेर गफियौं।
 
भित्ताको चार खण्डमध्ये दुई खण्ड किताब र्याकले ढाकेको छ। प्रमाणपत्र तथा सम्मानपत्रले एक खण्डले भित्तो चिटिक्क देखिन्छ भने बाँकी खण्ड झ्याल, कौसी जाने ढोका र ‘गुफा पस्न’ बस्दा उपयोग हुने कुर्सी र टेबलले ओगटेको छ।
 
आफ्ना अधिकांश कृति आफैं प्रकाशित गर्ने हुँदा र्याकमा उनकै कृति धेरै देखिन्छन्। त्यसपछि धेरै संख्यामा कालो कभरका ठूला डायरीहरू।
 
झन्डै दुई दर्जन कृतिका लेखकका थुप्रै अप्रकाशित कृति पनि यसै र्याकमा थन्किएका छन्। जसमध्ये झन्डै दर्जन कृति त उनले प्रकाशित गर्न नचाहेरै थन्क्याएको रे।
 
आफू साहित्यको आयु लामो हुन्छ र त्यसले पछिसम्म सकारात्मक प्रभाव पार्नुपर्छ भन्ने मान्यता बोक्ने लेखक भएकाले प्रकाशित गर्न नचाहेको उनको भनाइ छ।
 
त्यसो त, ४६ वर्षसम्म लेखक बन्छु भन्ने उनको कल्पनामै थिएन रे। ‘घुम्न चाहिँ अति नै घुम्नुपर्ने,’ उनले सुनाए, ‘गाडी चढेर जान मन नलाग्ने। त्यसैले बाइकमै नेपालका थुप्रै ठाउँ चहारेको छु। मलाई एउटा घटनाले लेखक बनायो।’
 
कस्तो घटना?
 
०५४ सालको कुरा हो। एक बिहान, दहचोक फाँटमा रहेको घरनजिकै उनी यही फाँटमा गाई चराउँदै थिए। खेतको आलीमा टुक्रुक्क बसेर गाईको बथानतिर हेरिरहँदा अलि पर एउटा व्यक्ति हातमा सानो र पुरानो ट्यांका बोकेका एक व्यक्ति झुल्किए। हेर्दाहेदै ती व्यक्ति भुवनकै नजिक आइपुगे, ट्यांका बिसाए, टोपीले पसिना पुछे र एउटा बिँडी सल्काए।
 
त्यो दृश्य भुवनलाई ‘अजिब’ लाग्दै थियो। नजिकै गएर नाम, ठेगानाबारे सोधखोज गरे। भुवनकै पल्लो गाउँका छिमेकी रहेछन्।
 
‘१२ वर्षमा घर फर्किएको हुँ,’ भुवनसँग ती व्यक्तिले भने, ‘बिहे गरेको थिएँ, बच्चा पनि जन्मिइसकेको थियो। श्रीमती त हिँडिसक्यो होला।’
 
‘कहाँ जानु भएको थियो र यत्रो वर्षमा घर फर्किनुभयो,’ भुवनले सोधेछन्।
 

‘भारत,’ ती व्यक्तिले भने, ‘दरबानी गर्न। साहुले बिदा नै दिएन। बल्ल बिदा पाएँ अनि आएको।’

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment