/ , , , , / स्वास्थ्य मन्त्रालयबाट ५२ कर्मचारी बर्खास्त

स्वास्थ्य मन्त्रालयबाट ५२ कर्मचारी बर्खास्त

काठमाडौं, २४ असार । स्वास्थ्य मन्त्रालयले अनुशासन उल्लघंन गरेको भन्दै ५२ कर्मचारीहरुलाई स्वास्थ्य सेवाबाट बर्खास्त गरेको छ । ६० दिनभन्दा लामो बिदामा बसेपछि उनीहरुलाई मन्त्रालयले बर्खास्त गरेको हो ।

भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहर गर्दै मन्त्रालयले उनीहरुलाई सेवाबाटै बर्खास्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बर्खास्तमा परेकाहरुमध्ये सबैभन्दा बढी स्टाफ नर्स रहेको मन्त्रालयले बताएको छ ।

बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी सेवाबाट बर्खास्त गर्न सकिने प्रावधान रहेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment