/ , , , , / गठबन्धनको २६औँ दिनको रिले अनशनमा अधिवक्ताहरू पनि सहभागी

गठबन्धनको २६औँ दिनको रिले अनशनमा अधिवक्ताहरू पनि सहभागी

१८ असार । संघीय गठबन्धनको २६औँ दिनको रिले अनशनमा अधिवक्ताहरू पनि सहभागी भएका छन् ।

खुलामञ्चमा शनिबार बिहान ७ बजेदेखि सुरू भएको २६औँ दिनको अनशनमा अधिवक्ता मिथिलेस सिंह, वीरेन्द्र ठाकुरलगायतका ३३ नेता तथा कार्यकर्ताहरू रहेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो । ‘आजको रिले अनशनमा अधिवक्ताहरू सहभागी हुनुभएको छ’, उहाँले भन्नुभयो, ‘अधिवक्ताहरूले अनशनप्रति ऐक्यवद्धता जनाउनु भएको हो ।’

रिले अनशनको नेतृत्व भने संघीय समाजवादी फोरम नेपालका राजनीतिक समितिका सदस्य सञ्जय सिंहले गर्नुभएको छ । अनशनमा रामसपाकी रुपा झा, फोरम गणतान्त्रिकका किशोरी यादव, नेपाल सद्भावना पार्टीका प्रेम प्रताप बरामलगायतका रहेका छन् ।

यसैबीच, संघीय समाजवादी फोरमका नेता पूर्व शिक्षामन्त्री मंगलसिद्धि मानन्धरको शव खुलामञ्चमा राखेर अन्तिम श्रद्धाञ्जलि दिइनेछ ।

रामसपाका प्रवक्ता झाका अनुसार शुक्रबार निधन हुनुभएका पूर्वमन्त्री मानन्धरको शवलाई दश बजेदेखि १२ बजेसम्म खलामञ्चमा राखिनेछ ।

मानन्धरको शवलाई बिहान घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा राखिएको छ । प्रध्यापकसमेत रहनु भएका मानन्धरलाई त्रिचन्द्र क्याम्पसमा प्रध्यापक र विद्यार्थी तथा शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment