/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


फोरम लोकतान्त्रिकका युवा नेता किशोर कुमार गुरुङ सहित ७७ केन्द्रीय सदस्य मनोनित (नामावलीसहित)

Posted: 15 Jun 2016 06:20 AM PDT

ऑनलाइन सिरहा डटकम असार १। मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ले केन्द्रीय कार्यसमितिमा युवा नेता किशोर कुमार गुरुङ सहित ७७ केन्द्रीय सदस्य मनोनित गरेको छ । फोरम लोकतान्त्रिकको गत बैशाखमा सम्पन्न प्रथम महाधिवेशनपश्चात् बसेको प्रथम केन्द्रीय कार्यसमितिको बैठकले ७७ जना केन्द्रीय समिति मनोनयन गरी अहिले १२० सदस्यीय केन्द्रीय कार्यसमिति बनेको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा बैठक जारी छ । सो बैठकले पदाधिकारी चयनदेखि पार्टीको विभिन्न विभागसहित भावी रणनीतिबारे विशेष छलफल गरिरहेको स्रोतले बताएको छ ।युवा नेताहरुको योग्यता र लगानीलाई पार्टीले मूल्यांकन गरी युवाहरुको हरेक आन्दोलनमा आफ्नो र संगठनको सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा नेता किशोर गुरुङलाई बिशेष स्थानका साथ् केन्द्रीय सदस्यमा सो बैठकले मनोनयन गरेको छ ।
को को परे केन्द्रीय सदस्यमा मनोनयनमा हेर्नुस :

लहान नपाले पोखरी संरक्षणका साथै पानी सिञ्चित गर्न सक्रिय

Posted: 14 Jun 2016 12:35 PM PDT

दिनेश्वर गुप्ता । लहान, ३२ जेठ । लहान नगरपालिका भित्र रहेको साना, मझौला र ठूला पोखरी तथा डबरालाई संरक्षण गर्ने उद्देश्यले ठेक्कामा दिइएको छ । नगरपालिका भित्र रहेको ५५ पोखरी र केही साना पोखरी (डबरा) लाई समेत ठेक्कामा दिएर आय स्रोतको बाटो खोलेको छ । लहानको २२ वटा वडामा रहेको यस किसिमको पोखरी तथा डबरा जेठ ३१ गते न्यूनत्तम १५ हजार र बढोत्तरी साढे ५ लाखसम्ममा ठेक्का लागेको लहान नगरपालिकाका कार्यकारी अधिकृत शेरे मुस्तफाले बताउंनुभयो । अधिकृत शेरे मुस्तफाले — 'आय स्रोतको लागि मात्रै नभई नगरक्षेत्र भित्र रहेको सार्वजनिक जग्गा जो खानेपानीको स्रोत पनि हो ।' 'यसलाई संरक्षण गर्ने काम भएको हो । पोखरी संरक्षणले बर्षाको पानीलाई पृथ्वीमा सिञ्चित (रिचार्ज) गर्ने काममा समेत सहयोग पुग्ने भएको छ ।' उहांले बताउंनुभयो ।पोखरी संरक्षण लगाएपछि नगरपालिकालाई तीन बर्षमा लगभग एक करोड रकम संकलन हुने भएको छ । हालसम्म ठेक्कामा लगाएको पोखरीबाट लहान नगरपालिकालाई बर्षेनी ३० लाख आम्दानी हुने भएको छ । विगतमा साना पोखरी (डबरा)हरु अतिक्रमण हुंदै पानी रिचार्ज हुने ठाउं मासिदै आएको थियो । अन्धाधुन्ध सहरीकरण भएको कारण पोखरी मासिने काम भइरहेको अवस्थामा लहान नगरपालिकाले यस बर्षदेखि संरक्षण अभियानको रुपमा अगाडि बढाइएको छ । पानी पिउनको लागि जमिन मुनिको पानी निकाल्ने काम भयो, भर्ने काम भएन् । वर्षाको पानी सङ्कलन गर्न पुराना मानिसले ठाउँठाउँमा पानी पोखरी बनाएका थिए, पानी 'रिचार्ज' हुन्थ्यो । आवश्यकताअनुसार पोखरीको पानी प्रयोग हुन्थ्यो । आज जमीनमुनिको पानीको सतह बढाउने स्वदेशी र विदेशी उत्प्रेरणा एवम् ज्ञान पाएर भूमिगत पानी 'रिचार्ज' अभियान थालिरहेको वातावरण जानकार किरण राय बताउंछन् । यसैबीच, लहानको देवीदह संरक्षण अर्थात ठेक्का प्रक्रियामा ६० उपभोक्ता र ४० प्रतिशत नगरपालिकाको स्वमित्व रहने भएपनि त्यहांका उपभोक्ताले एकलौटी प्रयोग गरिरहेको छ । यसप्रति लहान नगरपालिकाले कानुनी प्रक्रिया अगाडि बढाउंने तयारीमा रहेको नगरपालिका स्रोत बताउंछन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment