Onlinesiraha-Nepali |
- पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा बिरुद्ध हत्याकाण्ड सम्बन्धि उजुरी
- नेपाल अरुले अराउ खटाउ गर्ने देश होइन : प्रधानमन्त्री
- कर नबुझाउने ३५ जनालाई कारबाही
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा बिरुद्ध हत्याकाण्ड सम्बन्धि उजुरी Posted: 10 Jun 2016 09:13 AM PDT ऑनलाइन सिरहा डटकम जेठ २८ । रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । पीडित १५ परिवारले बिहीवार आयोगको कार्यालय बबरमहलमा उपस्थित भएर उजुरी दिएका हुन् । उजुरी दिँदै उनीहरुले स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी न्याय दिलाइदिन माग गरेका हुन् । पीडितहरुले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापाका अलावा कमल थापा, अनन्तराज शर्मा पाण्डे, प्यारजंग थापा, श्यामभक्त थापा । चूडामणि बस्याल, रामप्रसाद श्रेष्ठ र राममणि पोखरेललगायत विरुद्ध जाहेरी दिएका आजको राजधानी दैनिकमा समाचार छ । सो घटनाहुदाँ कमल थापा गृहमन्त्री, अनन्तराज शर्मा पाण्डे गृहसचिव, प्यारजंग थापा प्रधानसेनापति थिए । तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको समयमा राज्यपक्षद्वारा माओवादी जनसरकार प्रमसखर बाबुरमा लामासहित २२ जना माओवादी नेताकार्यकर्ताको सामूहिक हत्या गरिएको निवेदकहरुको दाबी छ । उक्त घटनापति माओवादी सरकारसँगको वार्ता भंग भएको थियो । |
नेपाल अरुले अराउ खटाउ गर्ने देश होइन : प्रधानमन्त्री Posted: 10 Jun 2016 09:02 AM PDT ऑनलाइन सिरहा डटकम जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अरु कसैले अराउ खटाउ गर्ने देश नभएको बताउनुभएको छ । आज नेकपा (एमाले) दमकको १०औँ नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले नेपाल स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताउँदै विदेशीको इसारामा कहिल्यै नचल्ने उल्लेख गर्नु भयो ।यो गर नगर भनेर बाह्य हस्तक्षेप गर्न छिमेकीले मिल्दैन भन्नुहँुदै उहाँले नेपाल आफैँ सार्वभौम रुपमा सम्पन्न भएकाले त्यस्तो अर्ती उपदेश अस्वीकार्य भएको बताउनुभयो । आफू प्रधानमन्त्रीमा निर्वाचित हुँदा नाकाबन्दी र मधेसवादी दलले घेरेर मुलुकलाई सङ्कटमा पु-याउने काम गरेको भए पनि राष्ट्रिय स्वाधीनता रक्षा गर्न आफू एक्लै भएर सक्दो सामना गरेको उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, "नेपालले छिमेकी मुलुकसँगै अन्तर्राष्ट्रिय जगतसँग सधैँ बलियो सम्बन्ध राख्छ । एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकार संविधान कार्यान्वयन गरेर स्थानीय निकायसहितका जनप्रतिनिधि कायम गर्न प्रतिबद्ध भएर लागेको छ भन्नुभयो । अधिवेशन उद्घाटन कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले आसन्न निर्वाचन पछि सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने धारणा राख्नु भयो । अधिवेशनले दमक नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । |
Posted: 09 Jun 2016 07:36 PM PDT ऑनलाइन सिरहा डटकम जेठ २७ । आन्तरिक राजस्व कार्यालयले आव २०७२/७३ मा ३५ जना करदातालाई कारबाही गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका मूल्य अभिवृद्धि करतर्फका २८, आयकरतर्फका सात जनालाई कारबाही गरेको आन्तरिक राजस्व कार्यालयका प्रमुख सन्तबहादुर ढकालले जानकारी दिनुभयो । कर नतिर्ने मूल्य अभिवृद्धि करतर्फका २८ जना करदाताको बैंक खाता रोक्का गरिएको छ भने आयकरतर्फका सात जना करदाताको जग्गा रोक्का गरिएको छ । यस्तै चालु आवमा राजस्व सङ्कलनमा ह्रास आएको छ । सगरमाथा अञ्चलको छवटै जिल्लामा कार्यक्षेत्र बनाएको आन्तरिक राजस्व कार्यालय लहानले आव २०७२÷७३ मा रु एक अर्ब १२ करोड २९ लाख छ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा अहिलेसम्म रु ७४ करोड ६० लाख ४५ हजार मात्र राजस्व सङ्कलन गरेको छ । चालु आव २०७२÷७३ मा अन्तःशुल्कतर्फ रु ३८ करोड ४२ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु १८ करोड मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ । |
You are subscribed to email updates from Onlinesiraha-Nepali. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment