Onlinesiraha-Nepali |
- धुर्मुस सुन्तलीलाई श्रीमति संघको १४ लाख सहयोग
- अमेरिका पुगेर मोदीले भने, ‘नेपाल हाम्रो जिम्मेवारी हो’ (भिडियोसहित)
- प्रधानमन्त्री ओलीले अमेरिकी विदेशमन्त्रीलाई भने, ‘असन्तुष्टहरुलाई वार्तामा बोलाउँदा पनि अस्वीकार गरे
- सिरहामा ट्रक र बस एकआपसमा ठोकिंदा भएको आगलागीमा परि एकको मृत्यु, दुई दर्जन भन्दा बढी घाइते
- आइजीपी अर्यालको गाउँमा डकैती गर्ने ६ कुख्यात डकैत सार्वजनिक
- आइजीपी अर्यालको गाउँमा डकैती गर्ने ६ कुख्यात डकैत सार्वजनिक
- प्रहरीमा राजीनामा दिनेको लहर, एसएसपी, चार डीएसपी र २० इन्स्पेक्टरको राजीनामा
धुर्मुस सुन्तलीलाई श्रीमति संघको १४ लाख सहयोग Posted: 09 Jun 2016 06:04 AM PDT ऑनलाइन सिरहा डटकम जेठ २७ । सैनिक श्रीमति संघ (नेपाली सेना) ले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १४ लाख रुपैँया हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेशनकाअध्यक्षसिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । भूकम्प पिडितका लागिहाँस्यकलाकारको जोडीले एकिकृत नमुना बस्ती नै निर्माण गरिरहेकाले १४ लाख रुपैँयाप्रदानगरिएको संघकी अध्यक्ष रीताक्षत्रीले बताएकी छिन् । केहि समय अघि एक कार्यक्रम गरी संकलनभएको रकम धरहरा निर्माणका लागि २५ लाख हस्तान्तरण गरिएको र बाँकी रहेको रकमधुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदानगरिएको संघले जनाएको छ । संघबाट प्राप्तउक्त सहयोगले गिरान्चौर एकिकृत बस्ती निर्माणमा ठूलो सघाउ पुग्ने फाउण्डेशनकाअध्यक्ष कट्टेलले बताएका छन् ।भूकम्प पिडितको उद्धार र विकासको नमुनाकालागिगिरान्चौर एकिकृत बस्ती निर्माण गर्न लागिएकाले सो कार्यमा संघले पनि सहयोग गरेकोमाउनले आभार व्यक्त गरेका छन् । थोपाथोपागरेर अर्थ संकलनभइरहेको यस अभियानमा संघले गरेको सहयोगसँगै झण्डै २ करोड रुपैँयाजम्माभएको कोषाध्यक्ष कुञ्जनाघिमिरेले बताएकी छिन् । भूकम्पप्रतिरोधी ६५ बालमैत्री तथा अपाङ्ग मैत्री भवन, बगैँचा, बालउद्यान, सामुदायीकभवन, शौचालयलगायतकापूर्वाधार निर्माणका लागिकरिब ५ करोड रुपैँयालागतलाग्ने अनुमानगरिएको छ । बस्ती निर्माणका लागि सहयोग गर्न थुप्रै व्यक्ति र संस्थाबाट प्रतिबद्धताहरु आइरहेकाले आफ्नो सपना साकार हुने विश्वास बढेको उनीहरुको भनाई छ । |
अमेरिका पुगेर मोदीले भने, ‘नेपाल हाम्रो जिम्मेवारी हो’ (भिडियोसहित) Posted: 09 Jun 2016 05:38 AM PDT ऑनलाइन सिरहा डटकम जेठ २७ । अमेरिका भ्रमणको क्रममा त्यहाँको संसद भवनमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समेत नाम लिएका छन् ।करिब ४६ मिनेट लामो भाषणमा मोदीले अन्त्यतिर नेपालको नाम लिदै छिमेकी देशप्रति भातको जिम्मेवारी रहेको बताएका हुन् । उनको आसय छिमेकी देशलाई आवश्यक पर्दा भारतले सहयोग गरेको र हरपल गर्न तयार रहेको भन्ने बुझिन्थ्यो ।दक्षिण एसियाली राष्ट्रको विकासमा भारत लागिपरेको बताउदै मोदीले नेपालल माल्दीभ्स र श्रीलंकाको नाम लिएका थिए । उनले नेपालको भूकम्पको भूकम्प, माल्दीभ्स र श्रीलंकाको पहिरोमा भारतले पहिलो सहयोग गरेको बताउद छिमेकी देशलाई भारतको जिम्मेवारीका रुपमा बताउन खाजेका थिए । |
प्रधानमन्त्री ओलीले अमेरिकी विदेशमन्त्रीलाई भने, ‘असन्तुष्टहरुलाई वार्तामा बोलाउँदा पनि अस्वीकार गरे Posted: 09 Jun 2016 05:00 AM PDT ऑनलाइन सिरहा डटकम जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मुख्य उपसहायक विदेशमन्त्रीलाई आन्दोलनरत् पक्षलाई वार्तामा बोलाउँदा पनि अस्वीकार गरेको बताएका छन् । प्रधानमन्त्री ओली र दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री विलियम टोडसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीबार भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री ओलीले नेपालको संविधान जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, सभाका ९२ प्रतिशतले हस्ताक्षर गरेको, ८६ प्रतिशतले दफादफामावहस गरी पारित गरेको, मौलिकहक र अधिकारकालागिमात्र संविधानका ३१ धारा छुट्टयाइएको, पुर्ण समाबेशी, समानुपातिक र सबैलाई सम्मानजनक र समानअधिकार सुनिश्चित गरेको उत्कृष्ट संविधान रहेको बताएका छन् ।उनले संविधानमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै कसैलाई त्यस्तो लागेको भएमा तीनमा पनि वार्ता र संवादमार्फत समाधान खोज्न सकिने बताए । आफूले वार्तामा आउन असन्तुष्टहरुलाई आग्रह गरेको तर त्यसलाई अस्वीकार गरेर मुलुकलाई अस्थिर बनाउने प्रयास गरेको प्रधानमन्त्रीले अमेरिकी विदेशमन्त्रीलाई जानकारी गराएको प्रेस सल्लाहकार प्रमोद दाहालले जनाएका छन् ।भेटमा नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्ध, भूकम्पपछिको पुनर्निर्माण, संविधाननिर्माण र कार्यान्वयन, नेपालको आर्थिक बिकासमा अमेरिकी सहयोग लगायतका विषयहरुमा समेत छलफल भएको थियो । |
सिरहामा ट्रक र बस एकआपसमा ठोकिंदा भएको आगलागीमा परि एकको मृत्यु, दुई दर्जन भन्दा बढी घाइते Posted: 09 Jun 2016 04:08 AM PDT राम नारायण पंडित÷सिरहा, २७ जेठ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कसहामा आज बिहान बस र ट्रक एक आपसमा ठोकिंदा भएको आगलागीमा परि एक जनाको मृत्यु भएको छ । आगोले पूर्ण रुपमा जलेको हँुदा मृतकको पहिचान खुल्न सकेको छैन । काठमाडौंबाट झापाको लागि छुटेको ना. ५ ख ८५३८ नम्वरको वस र विपरित दिशाबाट आईरहेको ना. २ ख ४२९४ नम्वरको मालवहाक ट्रक एक आवसमा ठोकिंदा करिव दुई दर्जन भन्दा बढी यात्रुहरु घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको बताईएको छ । घाइतेहरुको स्थानिय स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको छ भने गम्भिर घाइतेहरुको थप उपचारको लागि वाहिर पठाईएको छ । आगलागीका कारण बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । |
आइजीपी अर्यालको गाउँमा डकैती गर्ने ६ कुख्यात डकैत सार्वजनिक Posted: 09 Jun 2016 12:31 AM PDT |
आइजीपी अर्यालको गाउँमा डकैती गर्ने ६ कुख्यात डकैत सार्वजनिक Posted: 09 Jun 2016 12:06 AM PDT राम नारायण पंडित \ मुकेश यादब ,सिरहा, २७ जेठ । प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालको गाउँ जिवामा डकैती गर्ने ६ जना डकैतलाई सिरहा प्रहरीले पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको छ । मिर्चैया नगरपालिका ७ जीवामा जेठ १ गते राती करीब १ बजे भएको डकैतीको घटनामा संलग्न कुख्यात ६ जना डाँकाहरुलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही नेत्रगन्ज २ का ५५ वर्षीय रुकुम पासवान, धनुषा ठाडी झिझा १ का विनय कुमार पासवान, सर्लाही हरिवन २ का नन्दकिशोर पासवान, सिरहाको लड्कनाहा १ का रामशरण रौपाल, कर्जनाहा १ का वीरेन्द्र पासवान र सोही स्थानका संगीता पासवान रहेका छन् । उनीहरुको साथबाट एसर कम्पनीको ल्यापटप १ थान, नोकिया कम्पनीको मोबाइल १ थान, कालो रङको टेप १ थान, घटनामा प्रयोग भएको बन्चरो १ थान, छिनो १ थान, काचो लाठी २ थान, ह्याण्ड ब्याग १ थान, बैंकका काजजातहरु लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञावालीले पत्रकार सम्मेलनमा बताए । जीवामा भएको डकैतीको घटनाको मुख्य अभियुक्त सञ्जीव पासवान रहेको र उनकै सहयोगमा झिंझाका रुकुम पासमानले डकैतीको योजना बनाएको एसपी ज्ञवालीले दाबी गरे । लुटपाटमा संलग्न मध्ये अन्य अभियुक्तहरु अझै फरार रहेकाले उनीहरु नेपालकै अन्य जिल्ला तथा भारतमा समेत लुकेर बस्न सक्ने भएकाले भारतीय प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । पक्राउ परेका मध्ये रुकुम पासवान र विनय पासवानको घटनामा प्रत्यक्ष संलग्नता रहेको पाइएको छ भन्ने नन्दकिशोर पासवान, वीरेन्द्र पासवान र सङ्गीता पासवानको मोबाइलको प्रयोग भएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । लुटपाटमा पेसेवर अपराधिकै संलग्नता रहेको तथ्य अनुसन्धानबाट प्राप्त भएकोले घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए । करीब १५ जनाको समूहमा आएका नाकावधारी डाँकाको समूहले बम विस्फोट गर्दै मिर्चैया नगरपालिका ७ जिवाका राजाराम यादव, रामेश्वर यादव र प्रकाश तिबारीको घरबाट गरी लाखौको धनमाल लुटेर लगेका थिए । डाँकाहरुले नगद, सुनचाँदीका गरगहना, मोबाइल, ल्यापटप, र अन्य जिन्सी सामान लुटेर लगेको थियो । डाँकाको प्रतिकार गर्दा राजाराम यादबको बहिनी अन्दाजी ३५ बर्षीय ललितादेवी यादव घाइते भएकी थिईन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अपराध अनुसन्धान ब्युरो, पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले गरेको अनुसन्धान पछि डकैतीमा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको एसपी ज्ञवालीले बताए । |
प्रहरीमा राजीनामा दिनेको लहर, एसएसपी, चार डीएसपी र २० इन्स्पेक्टरको राजीनामा Posted: 08 Jun 2016 10:37 PM PDT काठमाडौँ- नेपाल प्रहरीमा सेवा अबधि रहँदै राजीनामा दिने लहर चलेको छ। सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका छन्। पछिल्लोपटक एसएसपी सुवोध घिमिरेले राजीनामा दिएका छन्। दुई वर्ष जागिर अबधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। ०४६ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका उनी आगामी बर्ष डीआइजीमा बढुवा हुने सम्भावना थियो। तर उनले बीचमै राजीनामा दिए। यद्यपि उनले असन्तुष्टिको कारण राजीनामा नदिएको बताएका छन्। यस्तै गत महिना ०६४ को ब्याचका पहिलो नम्बरमा रहेका इन्स्पेक्टर दीपक भण्डारीले राजीनामा दिएका थिए भने डीएसपी आनन्दजंग थापाले पनि दुई महिनाअघि जागिर छोडे। राजीनामा दिने डीएसपी थापासँगै खेम केसी, विदुर गौतम र धनबहादुर कठायत छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक दिन पाँचजना प्रहरीले राजीनामा दिने गरेका छन् ११ महिनाको अवधिमा १४ सय ११ जनाले राजीनामा दिएका छन्। जसमध्ये चार डीएसपी र २० इन्स्पेक्टर छन्। त्यस्तै १११ प्रहरी नायब निरीक्षक तथा ३४६ जना प्रहरी सहायक निरीक्षकले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। राजीनामा दिनेमध्ये सबैभन्दा धेरै प्रहरी हवल्दार छन्। करिब ११ महिनामा ५२९ हवल्दार, तीन सय ९९ जवान र ४४ कार्यालय सहयोगीले पनि बिचमै जागिर छाडेका छन्। नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। |
You are subscribed to email updates from Onlinesiraha-Nepali. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment