/ , , , , / तमलोपा महाधिवेशन: गोविन्द चौधरीले भने, ‘सहमतिको नाममा महन्थबाट मलाई धोका भयो’

तमलोपा महाधिवेशन: गोविन्द चौधरीले भने, ‘सहमतिको नाममा महन्थबाट मलाई धोका भयो’

काठमाडौं, ९ असार । तराई मधेश लोकतान्त्रिक पार्टीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका गोविन्द चौधरीले पार्टीले आफूलाई धोका दिएको बताएका छन् ।

नेता चौधरीले आज विहान रातोपाटीसँग कुरा गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूलाई बोलाएर पार्टीका सबै पदमा सर्वसम्मति हुने, कुनै पनि पदमा चुनाव नहुने आश्वासन दिएपछि आफू अध्यक्ष पदमा उम्मेदवारी नदिएको तर पछि चुनावको प्रकृया शुरु भएका बताए ।

‘बन्दसत्रकै मञ्चबाट नै पार्टीको पदाधिकारीदेखि लिएर अन्य सदस्यहरुको चयन गर्ने जिम्मेवारी अध्यक्ष ठाकुरलाई दिने घोषणा भएको थियो तर जब मञ्चको कार्यक्रम सकियो अनि चुनावको प्रकृया शुरु भयो,’ चौधरीको आरोप छ ।

उनले भने, ‘यदि चुनावै हुन्छ भनेको भए मैले पनि अध्यक्ष पदमा उम्मेदवारी दिन्थे तर मलाई महन्थ ठाकुरबाट नै धोका भयो ।’

‘आफूलाई जो सन्त भन्छन् उनी नै भोगी देखिएको’ आरोप लगाउँदै उनले भने, ‘महन्थ ठाकुरले भन्नुभएको थियो कि कोही अध्यक्षको आकाँक्षी हुनुहुन्छ भने म अध्यक्षको उम्मेदवार हुँदिन । तर मैले सोचे यदि सर्वसम्मतिबाट नै सबै पद बाँडफाँड हुन्छ भने ठाकुरलाई नै अध्यक्ष पदमा छाडि दियौं भनेर छाडेको हुँ, मेरो जिल्लामा आएको कारणले मैले सर्वसम्मत कार्यसमिति बन्नेमा तयार भए र उम्मेदवारी दिइँन ।’

अध्यक्ष र उपाध्यक्षसम्म सर्वसम्मत भयो, जब महासचिवमा सर्वसम्मति बनाउने कुरा आयो, अनि त्यसमा चुनाव गराउने कुरा भयो । कसैलाई फिर्ता लिन लगाउन अध्यक्ष ठाकुरले नचाहेको आरोप गोविन्द चौधरीको छ । उनले भने, ‘ठूला नेता महन्थ ठाकुर, ह्रदशय त्रिपाठी, बृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला सुरक्षित भएपछि अन्य पदमा सर्वसम्मत बनाउने प्रयास गर्न ठाकुरजीले चाहनु भएको छैन ।’

ठूला नेता कसैले पनि त्याग देखाएन भन्दै उनले कतिपयले आफूलाई केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन पनि भनेको तर अध्यक्षमा उम्मेद्वारी नदिनेले किन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भनेर त्यसमा पनि उम्मेदवारी नदिएको बताए । आफूलाई कुनै पदमा मनोनित गरेपनि कुनै पदमा नजाने भन्दै उनले पार्टीको साधारण सदस्य भएर बस्ने घोषणा पनि गरे ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment