सिरहा, १५ जेठ । फरार अभियुक्तको खोजतलास गर्ने अभियानअन्तर्गत सिरहा प्रहरीले ३१ वर्षदेखि फरार एक अभियुक्तलाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महनौर गाविस–४ का ६५ वर्षीय रामदेव कामती रहेका छन् । विसं २०४२ फागुन १२ गते जिल्ला अदालत सिरहाले कर्तव्य ज्यान मुद्दामा कामतीलाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि कामती लुकीछिपी बस्दै आएका थिए ।
पक्राउ परेका कामतीलाई जिल्ला अदालत सिरहामा आवश्यक कारबाहीका लागि पेस गरिने सिरहाका प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment