/ , , , , / गणतन्त्र नेपाल घोषणको आठ वर्ष पुराः आज गणतन्त्र दिवस मनाइँदै

गणतन्त्र नेपाल घोषणको आठ वर्ष पुराः आज गणतन्त्र दिवस मनाइँदै


काठमाडौं, जेठ १५ – मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको आठ वर्ष पुगेको अवसरमा शनिबार गणतन्त्र दिवस मनाइँदै छ । शनिबार संविधानपछिको पहिलो गणतन्त्र दिवस हो ।


जनआन्दोलन २०६२र६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
दुई सय ३८ वर्ष लामो शाहवंशीय राजपरम्पराको अन्त्यको घोषणा भएको यस दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गर्नुभएको छ ।
गणतन्त्र घोषणा भइसकेपछि देशमा धेरै ठूला राजनीतिक उपलव्धी भएपनि चुनौति उत्तिकै रहेको राजनीति शास्त्रीहरुले बताएका छन् ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस २०७३ का अवसरमा राष्ट्रिय एकताका जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले अबको ध्यान देशको हरेक कुनाका नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संविधानको कार्यान्वयनसँगै अब मुलुक आर्थिकरसामाजिक विकासको दिशामा अघि बढेको बताउनुभएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment