/ , , , / प्रहरीद्वारा बेवारिसे अवस्थामा ल्यापटप, मोबाइल बरामद

प्रहरीद्वारा बेवारिसे अवस्थामा ल्यापटप, मोबाइल बरामद

 सिरहा २२ चैत । सिरहा नगरपालिका–६ स्थित कमला खोलाको बाँधबाट प्रहरीले गएराति ल्यापटप, मोबाइल, इयरफोनलगायतका सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले एचपी कम्पनीको पाँच थान ल्यापटप, डेल कम्पनीको १० थान ल्यापटप, १० थान आइफाइब मोबाइल, १० थान ओनप्लुस मोबाइल, ९० थान इयरफोन, छ थान ल्यापटपको चार्जर, १० थान र्यामसमेत बेवारिसे अवस्थामा बरामद गरेको हो। बरामद भएका सामान करिब ११ लाख ४० हजार ५०० मूल्य बराबरको रहेको र उक्त सामान आवश्यक कारबाहीको लागि सोमबारै जिल्ला भन्सार कार्यालय सिरहा माडरमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।रासस

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment