/ , , , / एसएलसीमा केन्दाध्यक्षको मिलेमतोमा व्यापक चिट चोरी, पत्रकारको प्रवेशमा आनाकानी ।

एसएलसीमा केन्दाध्यक्षको मिलेमतोमा व्यापक चिट चोरी, पत्रकारको प्रवेशमा आनाकानी ।

 सिरहा, २५ चैत्र । अहिले संचालन भईरहेको प्रवेशिका एसएलसी परिक्षामा सिरहामा केन्दाध्यक्षको मिलेमतोमा व्यापक चिट चोरी भईरहेको छ । चिट चोरीलाई ढाकछोप गर्न परिक्षा केन्द्रमा खटिएका प्रशासणले अनुगमन टोली आउने बितिकै सिटी बजाउनुको साथै अनुगमन टोलीलाई बिभिन्न बहानामा प्रवेशद्धारमा अल्झाई बिद्यार्थीहरुलाई सतर्क गराई मात्र प्रबेश गर्न दिने गरेको छ । यति मात्र नभएर बिभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीहरुलाई पनि परिक्षाको रिर्पोटिंग गर्न जाँदा मानसिक तनाब खेप्नुु परेको छ । जबकि नेपाल पत्रकार महासंघ सिरहा शाखाले एसएलसीमा अनुगमन गर्न क्रियाशिल पत्रकारहरुको नामाबली प्रत्येक परिक्षा केन्द्रमा पठाई सकेको छ । यति मात्र नभएर परिक्षा केन्द्रहरुमा केन्द्राध्यक्षहरुले पत्रकारहरुलाई एसएलसीको फोटो खिच्न पनि पुर्ण रुपमा नदिने गरेको छ । सिरहामा यस वर्ष एसएलसी परीक्षामा निजी विद्यालयको शिक्षक गार्ड बस्न नपाउने भएपछि सरकारी विद्यालयको नाममा परिचय पत्र वनाई गार्ड वस्ने गरेको पनि पाइएको छ । परीक्षा मर्यादित र शान्त बनाउन परिक्षामा सरकारी बिद्यालयका गार्डहरु राखेको भएपनि निजी विद्यालयहरुले आफ्ना विद्यार्थीलाई चिट चोराउन किर्ते परिचयपत्र बनाई गार्ड राखेका छन् । एसएलसीको सुरुमा निजि बिद्यालयहरुले फर्जि गार्डहरु रोखेको भएपनि बिभिन्न संचारमाध्यमहरुमा समाचार सम्पे्रशण भएपछि उक्त काम केहि कम भएपनि अहिले पनि फर्जि गार्डहरु बस्ने गरेको श्रा्रेतको दाबी रहेको छ । सिरहाको फुलबरियामा रहेको बाजु माबि परिक्षा केन्द्रका केन्द्राध्यक्ष बिन्देश्बर महतोले निजि बिद्यालयहरुसंग मोटो रकमको चलखेल गरि परिक्षा अर्मयादित बनाएको बताईएको छ । यतिमात्र नभएर सरकारी स्कुलको लेटरप्याडमा सरकारी शिक्षकको सिफारिस रहेपनि फर्जि गार्ड राखेको नाम नबताउने शर्तमा एक शिक्षकले बताए । सिरहा समुकामकाको साथै लहान, मिर्चैया, जमदह, गोलबजार, कर्जन्हा, बन्दिपुर, फुलबरीया, बर्छबा लगायत जिल्लाका अधिकांश परीक्षा केन्द्रहरुको हालत पनि यस्तै रहेको छ । परिक्षामा एउटा बेन्चमा दुई जना परिक्षार्थी बस्ने नियम रहेपनि जिल्लाका अधिकांश परिक्षा केन्द्रहरुमा एउटा बेन्चमा ५ जना सम्म बसेको पाईएको छ । यति मात्र नभएर सिट जहाँ भएपनि परिक्षार्थीहरु आफुखुसी परिक्षा हलमा बसेको पाईएको छ । परिक्षा केन्द्रहरुका केन्द्राध्यक्षहरुले आफ्नो केन्द्रमा फर्जि गार्ड नरहेको दाबी गर्नु, नक्कली गार्ड फेला पर्नु र परिक्षार्थी परिक्षाहलमा आफुखुसी बस्नुले परिक्षा केन्द्रहरुमा मिलोमतो भएको सहजै अनुमान लगाउन सकिन्छ । परिक्षा केन्द्रहरुमा कसैलाई नास्ता नखुबाउने नियम भएपनि बाजु माबि फुलबरीयाका केन्द्राध्यक्ष बिन्देश्बर महतोले परिक्षामा खटिएका प्रशारण र गार्डहरुलाई नास्ता खुबाउने गरिएको छ । यस वर्षबाट एसएलसी परीक्षामा कोही फेल नहुने नीति राज्यले ल्याएको भएपनि राम्रो नम्वर ल्याएर विद्यालयको प्रचार गर्नकै लागि नीजि विद्यालयहरुले अझै मारामार गरेर फर्जि परिचयपत्र बनाएर गार्ड राख्ने गरेको छ । यता, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले त्यसरी किर्ते गरी गार्ड वसेको पाईएमा कार्वाही गर्ने बताउनु भयो । सिरहामा यस बर्ष कूल ३८ वटा परीक्षा केन्द्रबाट १३ हजार २ सय ३५ जना विद्यार्थी एसएलसीमा सहभागी हुँदै छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment