/ , , , , , / नदी नियन्त्रणका लागि सिँचाई मन्त्रालयलाई भारतको सहयोग ३८ करोड

नदी नियन्त्रणका लागि सिँचाई मन्त्रालयलाई भारतको सहयोग ३८ करोड

काठमाडौ  २४  चैत्र । सिँचाई मन्त्री उमेश कुमार यादवले चुरे विनाशका कारण नेपाल र भारतले भोगिरहेको समस्यालाई संयुक्त रुपमा समाधान गर्नुपर्ने बताउनु भएको छ ।
नदी नियन्त्रणका लागि सहयोग हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले नेपालको समतल तराई हुँदै भारततिर बग्ने नदीहरु दुवै देशका लागि प्राकृतिक वरदानकै रुपमा रहेपनि वर्षायाममा हुने क्षतिलाई न्यूनिकरण गर्न दुवै देश संयुक्त रुपमा लड्नु पर्ने उल्लेख गर्नुभयो । चुरे विनाशका कारण वर्षायाममा बाढी अनियन्त्रित भई दुवै देशलाई क्षति पुर्याउँदै आएकाले दुवै देश त्यसका लागि गम्भीर रुपमा सोच्नुपर्ने उहाँले बताउनुभयो ।
संयुक्त रुपमा लड्नका लागि नै भारतले वागमती, लालबकैया तथा कमला नदीहरु नियन्त्रणका लागि सहयोग गरेको भन्दै मन्त्री यादवले त्यसप्रति अभार प्रकट गर्नुभयो ।
नेपाल भारत बाढी तथा डुवान संयुक्त समितिले वर्तमान समयमा आपसी सहयोगमा गरेका कार्यहरु उदाहरणीय रहेको उल्लेख गर्दै उहाँले वागमती, लालबकैया तथा कमला नदी नियन्त्रणको काम सम्पन्न हुने अवस्थामा आईपुगेकाले प्रस्तावित निर्माण कार्यहरु निश्चित समयावधिमा सम्पन्न गर्न निर्णय भएका बजेट व्यवस्था गर्न पनि आग्रह गर्नुभयो ।
भारत सरकारबाट प्राप्त बजेटले काम गर्ने र थप निर्माण कार्य गर्नुपरे नेपाल सरकारले आफै व्यवस्था गर्ने पनि सो अवसरमा उहाँले बताउनुभयो । जेएस तथा जेसीडब्लुआरको बैठक चाँडै बसाउनु पर्ने आग्रह गर्दै उहाँले सो बैठकबाट खाँडो, पश्चिमी राप्ती, र बलान नदीमा भारतीय अनुदानको अपेक्षा राखेको पनि बताउनु भयो ।
सिँचाई मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रायले ३८ करोड ६२ लाख ६ हजारको चेक मन्त्री उमेश यादवलाई हस्ताक्षर गर्नुभयो । यसअघि सोही नदीका लागि भारतले ४२ करोड ३१ लाख ७२ हजार रुपियाँ हस्तान्तरण गरिसकेको छ । त्यसमध्ये बागमतीका लागि १० करोड, लालबकैयाका लागि ११ करोड, कमलका लागि १६ करोड छुट्याएको छ । यसबाट बगमती ४० किलोमिटर, लालबकैया ६१ किलोमिटर र कमलाका लागि ६७ किलोमिटर तटबन्ध निर्माण कार्य भएको छ । भारत विहारको पटनामा बसेको नेपाल भारत डुवान तथा बाढी व्यवस्थापन संयुक्त समितिको दशौं बैठकले यो सहयोगको बारेमा निर्णय गरेको थियो ।गोरखापत्र अनलाईन

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment