काठमाडौं,२५ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएको छ । दोस्रो चरणको मतदानमा कुल तीन हजार १४० मत खसेको थियो । २२ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ । सोमबार राति सम्पन्न मतगणनामा देउवाले रामचन्द्र पौडेललाई भारी मतले पराजित गरे ।
देउवाले पौडेललाई ५२६ मतको भारी अन्तरले पराजित गरेका हुन् । देउवाले १,८२२मत प्राप्त गरे भने पौडेलले १,२९६ मत पाए । यसअघि पहिलो चरणको निर्वाचनमा देउवाले १,५६४ मत पाएका थिए भने पौडेलले १,१६० मत पाएका थिए ।
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत हासिल नगरेपछि सोमबार दोस्रो चरणको निर्वाचन भएको थियो । साँझबाट सुरु भएको मतगणना मध्यरातमा सम्पन्न भएको हो ।
देउवाको जन्म वि।सं। २००४ जेठ २ गते डडेल्धुरामा भएको हो । तीन पटक नेपालको प्रधानमन्त्री बनिसकेका उनी वि।सं। २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी विसं। २०५८ र २०६१ मा प्रधानमन्त्री बनेका थिए ।
विसं। २०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले देउवा नेतृत्वको सरकार अपदस्थ गरेका थिए भने २०६१ सालमा शाही कदम फिर्ता लिदैं उनलाई राजाले नै प्रधानमन्त्री बनाएका थिए ।
विसं। २०३१ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेका उनी नेपाल विद्यार्थी संघको प्रथम अध्यक्ष पनि हुन् । उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा ९ वर्ष जेल जीवन बिताएका छन् ।
कांग्रेस विभाजनपछि उनी नेपाली कांग्रेस ९प्रजातान्त्रिक० पार्टी गठन गर्दै त्यसको सभापति बनेका थिए । पार्टी एकीकरणपछि उनी कांग्रेसमा वरिष्ठ नेताका रुपमा रहँदै आए ।
देउवा विसं। २०४८, २०५१ र २०५६ सालमा भएको संसदीय निर्वाचनमा विजयी भएका थिए भने संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा पनि उनी विजयी भए ।
No comments:
Post a Comment