समग्र संदेश डट.कम सिरहा, २१ फालगुन । सिरहा लामो समयको बन्द पछि सरकारद्वारा बिरामीलाई निःशुल्क रूपमा वितरण गरिने आधारभूत औषधि समेतको अभाव भएपछि जिल्लाका सम्पूर्ण सरकारी अस्पतालमा उपचार सेवा प्रभावित बनेका हो । जिल्ला सदरमुकाममा रहेका जिल्ला अस्पताल सिरहा प्राथमिकस्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र सहरी क्लिनिकसहित सम्पूर्ण स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा औषधि नहुदा सर्वसाधारण बिरामीको उपचार सेवा प्रभावित बनेको जिल्ला अस्पताल सिरहाका सूचना अधिकृत राजबिर यादव ले जनाएकोछ ।
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सरकारले निःशुल्क वितरण गर्दै आएको आधारभूत एवम् अत्यावश्यक औषधिको अभावका कारण चिकित्सकले लेखेको प्रेस्क्रिप्सन लिएर सर्वसाधारण औषधि लिन जिल्ला सदरमुकाम सिरहा का विभिन्न निजी औषधि पसलमा गई बढी मुल्य तिरेर औषधि लिन बध्य भएको गोलबजार स्थानिय राधिका साहले गुनासो पोखेका छिन । साहले आमाको उपचारका लागी जिल्ला अस्पताल पुगेका थिईन । याता सुचना अधिकृत यादबका अनुसार जिल्लामा औषधि अभाबहुदा र्सवसाधारणहरु सीमापारि भारतीय बजारमा समेत औषधि लिन जान बाध्य भएका छन् ।
सिरहा जिल्ला अस्पताल सिरहा गोलबजार लहान अस्पतालसहित सिरहामा स्वास्थ्य केन्द्र, ४ स्वास्थ्य चौकी १०९ र उपस्वास्थ्य चौकी १ सिरहा मा समेत लाइफ सेफ ड्रगका साथसाथै जीवनजल, सिटामोल, आइरन चक्की, सलाइन पानी, एन्टिबायोटिक औषधि, भ्याक्सिन, इन्जेक्सन आइटम र आकस्मिक कक्षमा आएका तथा शल्यक्रिया गर्दा प्रयोग गरिने औषधिको अभाव भएको छ ।
जिल्ला अस्पतालमा औषधिका साथै रगत, दिसापिसाब, जाँच गर्ने प्रयोगशालामा समेत केमिकल अभाव भएको छ । त्यस्तै सर्पदंशविरुद्ध चाहिने एन्टी स्नेक भेनम र कुकुरको टोकाइविरुद्ध रविपुर एन्टी रेबिज औषधिको समेत अभाव रहेको छ ।
त्यस्तै झाडापखालाको मेट्टोन, ग्यास्ट्रिकको एन्टासिड, गर्भवती महिलाका लागि आइरन चक्की, टिटी खोप, बालबालिकाको बिसिजी, टिपिटी खोप तथा क्षयरोगका बिरामीको औषधिको अभाव भएको हो । सुत्केरी बेथा लागेका महिलाको आकस्मिक शल्यक्रिया गर्दा बेहोस बनाउने भ्याक्सिन बुपिभ्याक्सिन र दुखाई कम गर्ने पेथिडिनको अभावका कारण शल्यक्रिया सेवा प्रभावित भएको छ ।
अस्पतालको ओपिडी र इनडोरमा भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला, स्केक वाइटलगायतका विभिन्न रोग फैलिने मौसम भएकाले दैनिक जिल्ला अस्पताल सिरहा मात्र १२५ देखि १५० जनासम्म विरामी अस्पतालमा उपचारका क्रममा आउने गरेको छन् ।
जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा जीवनजल, जिङ्क, सिटामोललगायत सरकारले उपलब्ध गराउँदै आएका ७० प्रकारका औषधि नहुँदा उपचार गर्न निकै गाह्रो भएको जिल्ला अस्पताल सिरहाले जनाएको छ ।
बन्द खुलेपनि जिल्ला अस्पताल सिरहा तथा ग्रामीण क्षेत्रमा रहेका सम्पूर्ण सरकारी अस्पतालमा औषधि अभावका कारण उपचार सेवा प्रभावित भएको छ ।
No comments:
Post a Comment