/ , , , , / लागुऔषध विरुद्ध विद्यार्थीहरुलाई जनचेतना जगाउदै प्रहरी ।

लागुऔषध विरुद्ध विद्यार्थीहरुलाई जनचेतना जगाउदै प्रहरी ।

राम भरोसी यादब   सिरहा १९ फाल्गुन ।   सिरहा  लागुऔषध विरुद्दको जनचेतनामुलक अभिमुखीरण कर्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला युवा कार्य दल सिरहाको संयुक्त आयोजनामा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका छन् ।

जागृती समुदायीक विकास केन्द्र गोलबजारको भवनमा प्रोजेक्टरको माध्यमद्धारा गोलबजारको विभिन्न स्थानिय स्कुलका विधार्थिहरु, स्थानिय युवायुवती, सरोकारवाला तथा शिक्षक वर्गको समेत उपस्थितिमा प्रहरी निरीक्ष सन्तोष निरौलाले प्रशिक्षण दिए । उक्त कार्यक्रममा अन्दाजी ९० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा लागुऔषध विरुद्द जनचेतनामुलक हाते पुस्तिका समेत वितरण गरिएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए । उनले भने( अहिले यहाँका धेरै यूवा यूवतीहरु लागुऔषधको कुलतमा फसेका छन् । ति यूवा तथा यूवतीहरुलाई कुलत छाड्न र अन्य व्यक्तिलाई यस्तो कुलतमा फस्न नदिन चेतना मुलक प्रशिक्षण अभियान थालेका छौं । भारत  सँग सिमा जोडीएको ले छिमेकि  भारतबाट चोरिनिकासी गरि सिराहाका युबहरू १२ वर्षउमेर  देखिनै लागु लागुऔषध  सेबनगर्ने गरेको निरौलाले बताए का छन्  जिल्ला कारागार सिरहा मा  तिन सय २५ कैदी बन्दि मधे ७५ प्रतिसद लागु लागुऔषध मुदाका कैदी बन्दि रहेको  जिल्ला कारागार सिरहाले जनाएका छन्।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment