
ुमहागठबन्धनु मा जोड
पहिचानवादी मुद्दामा संघर्ष गरिरहेकाबीच कार्यगत एकतामार्फत महागठबन्धन बनाउनुपर्ने सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको धारणालाई भारत, बिहारका नेताले पनि जोडले उठाइरहेका छन्। अलग–अलग मोर्चामा रहँदा मधेसको शक्ति विभाजित भएको भन्दै राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंश सिंहले मोर्चालाई महागठबन्धनको रूप दिन आग्रह गरे।ुमिडिया फर बोर्डर हार्मोनीु ले आइतबार मुझपरपुरमा आयोजित मधेस बहसमा भाग लिन आएका तीनै दलका शीर्ष नेतालाई राखेर सिंहले मधेस आन्दोलनमा रहेका अन्य मोर्चा र दललाई मिलाएर ुमहागठबन्धनु बनाउन आग्रह गरे। उनले यसपालिको बिहार विधानसभा चुनावको उदाहरण दिँदै भने, ुमहागठबन्धन गर्दा नागरिकमा हौसला बढ्यो जसले नतिजा फेरिदियो। तपाईंहरू पनि मिल्नुस्, जनमत तपाईंहरूकै पक्षमा हुन्छ।ु
भारतीय नेतासँग मधेसी नेताले के भनेरु
मधेसी मोर्चाका नेताले संविधान संशोधनमार्फत पनि आफूहरूको माग पूरा नभएको बताए। मधेसी मोर्चाका शीर्ष नेताले प्रमुख तीन दलले मधेसका माग वास्तै नगरेको बिहारका सत्ताधारी राष्ट्रिय जनता दलका उपाध्यक्ष सिंहसँग गुनासो गरे।ुसरकारले माग सम्बोधन नगरी मधेसीलाई पेलेर अगाडि बढ्ने कसम खाएजस्तो देखिन्छ,ु एक मधेसी नेताले सिंहसमक्ष भनेका थिए। सद्भावना पार्टीका अध्यक्षले आफूहरूले एउटा पनि नयाँ माग नराखेको भन्दै सरकारले मधेसी मोर्चासँग गरेको २२ र ८ बुँदे सम्झौता पालना गरिदिए झगडै सकिने बताएका थिए।मधेसमा आन्दोलन जारी रहनुमा मधेसीसँग सरकारले गरेको सम्झौता पालना नगर्नु नै कारक रहेको मधेसी नेताले भारतीय नेतालाई ुबिफ्रिङु गरेका थिए।मधेसमा जारी आन्दोलनमा आन्तर्राष्ट्रिय समुदायको सहानुभूति भएको भन्दै संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले भारतीय नेतासमक्ष मधेसका माग सम्बोधननिम्ति दबाब सिर्जना गरिदिने आग्रह गरेका थिए।सद्भावना अध्यक्ष महतोले सरकारले मधेसलाई अवसर र विकास दुवैबाट वञ्चित गर्दै आएको विचार भारतीय नेतासमक्ष राखेका थिए।
ुभारतले मध्यस्थता गर्नुपर्छु
भारतका अधिकांश नेताले नेपालको मधेस समस्या समाधाननिम्ति भारतको हस्तक्षेप आवश्यक रहेको औंल्याएका थिए। ु६ महिनादेखि मधेसमा आन्दोलन चलिरहेको छ तर सरकारले कुनै सुनुवाइ गरेको छैन,ु नेता सिंहले भने, ुभारत सरकारले निकास खोज्न निष्पक्ष भएर मध्यस्थ भूमिका खेल्नुपर्छ।ु स्रोतः नागरिक न्युज
No comments:
Post a Comment