सिरहा, १८ माघ । पाँच महिनाभन्दा लामो तराई बन्दले चैतमा एसएलसी दिने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । पढाइमा अवरोध भएपछि कतिपय विद्यालयले बेग्लै ‘कोचिङ’ लिए । उनीहरू भन्छन् ‘जेनतेन तयारी चल्दै छ । हेरौं, परीक्षा कस्तो हुने हो ?’सिरहाका सामुदायिक विद्यालयहरूमा चालू शैक्षिक सत्रमा ६० दिन मात्रै पढाइ भयो । त्यहाँ बढीमा २५ प्रतिशत र निजी विद्यालयमा ६० प्रतिशत मात्रै कोर्स पूरा भएको छ । ‘२० प्रतिशत कोर्स मात्रै पूरा भएको छ,’ गोलबजार १० स्थित रहेको श्रीजनता माविका शिक्षक प्रमोद सिंहले भने भने, ‘एसएलसीमा राम्रो श्रेणी ल्याउनु कता हो कता, पास हुनै समस्या छ । कक्षा १० की विद्यार्थी सिता कुमारी यादबले हालसम्म २० प्रतिशत भन्दा कम मात्रै पढाइ भएको सुनाइन् । ‘जसले गर्दा एसएलसीमा राम्रो गर्न सक्ने अवस्था छैन । तनावले पढदा बिर्सने, टाउको दुखदो रहेको उनले सुनाइन । बन्दका कार(ण समयमा शिक्षकहरु बिद्यालयमा आउन नसक्नु र घरमा स्वअध्ययन गर्ने समयमा बिहान र साँझमा बत्ती नहुनुले अझ पढाइमा समस्या भइरहेको उनले सुनाईन । टुकीमा पढ्न कठिनाइ भएको बताईन । यता, नेपाल शिक्षक युनियन सिरहाका निवर्तमान अध्यक्ष सकलदेव यादवले लामो मधेश आन्दोलन र बन्दले विद्यार्थीहरू मानसिक तनावमा रहेको बताए । बन्दले कक्षा राम्रो संग संचालन नभएको यस बर्षको एसएलसी सोचे जस्तो नहुने उनले बताए । एकतातिर बन्द र अर्कोतिर बिद्यालयको प्रअले बिद्यालय समयमा नआउँदा झन पढाईमा समस्या भएको छ, गोलबजार १० स्थित रहेको श्रीजनता माविमा, यस बिद्यालयका प्रअ प्रमेश्बर यादबले बिद्यालय संचालन भएपनि अनियमित रुपले बिद्यालयमा उपस्थित भईरहेकोले स्कुल हालत भद्रगोल भएको अभिभाबकहरुको गुनासो भएको छ । श्र्रोतको अनुसार प्रअ यादबले महिनामा बढीमा ४,५ दिन बिद्यालयमा आउने गरेको र आएपनि राम्रोसंग रेखदेख नगरि अन्य काममा ब्यस्त रहेको त्यहाँका अध्यनरत बिद्याथीैहरुले बताए ।
Home /
Breaking
,
Headline1
,
social
,
Special News
/
लामो तराई बन्दले एसएलसी दिने विद्यार्थीको पठनपाठन प्रभावित
No comments:
Post a Comment