समग्र संदेश सिरहा २५ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको आम हडतालका कारण साउन ३० गतेदेखि ठप्प रहेको सिरहाका यातायातका साधन आइतबारदेखि सञ्चालनमा आएका छन् ।
सगरमाथा यातायात व्यवसायी संघ सिरहाले औपचारिक रुपमा सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको संघका सदस्य मोहम्मद सलिम राइनले बताए । संघका सदस्य राइनले आफूहरुले मोर्चाका नेताहरुलाई पटक पटक बोलाएर जिल्लामा यातायातका साधन सञ्चालन गर्न आग्रह गरिरहँदा पनि २÷४ दिन पर्खिनुस भन्दै आल्टाल गरेको अवस्थामा अझै पर्खिन नसकेर आफूहरुले मोर्चाको सहमति बिना नै यातायात सञ्चालन गरेको बताए ।
६ महिनापछि सिरहामा यातायात संचालनमा आएको हो । मधेशका अन्य जिल्लाहरुमा भने यसअघि नै यातायातका साधन सञ्चालन भइसकेका छन् ।
No comments:
Post a Comment