तुलानारायण साह
हाललाई मधेसी आन्दोलन तुहियो । तीन दलको बेइमानी, सत्ताको षड्यन्त्र र बन्दुकको भरमा आन्दोलनमाथि बर्बर दमन भयो ।
राज्यपक्षले “डायलग र डिलेय”को फर्मुला
अपनाइरह्यो । मधेसी मोर्चाका नेताहरु पनि वार्ताको नाममा फोटो सेसनमै अल्मलिइरह्यो । मधेसी नेताहरुको नियतमा इमान्दारिता देखिएन । परिणामतः आज सम्पूर्ण मधेसीहरु लज्जाबोध गर्दैछन् ।
आन्दोलनको सुरुवाती गौरवमय थियो, युवाहरुको जुझारुपन र बलिदानी अविस्मरणीय रहनेछ । मधेसी समाजमा बेजोड जागरण पैदा भएको छ । तर, आन्दोलनको अवतरण चाहिँ सुखद हुन सकेन ।
आन्दोलनका एजेन्डाहरु सही थिए र छन् । आन्दोलन तुहिए पनि समस्या जस्ताको तस्तै छ । यो आन्दोलन कुनै एक दलको बलमा भएको थिएन, न त मोर्चा मात्रको सहभागिता थियो । यो एकप्रकारको जनआन्दोलन थियो जसमा नयाँ नेतृत्वको जन्मिन सकेन । पुराना नेतृत्व सफल भएनन् । दर्भाग्यपूर्ण क्षण ११
No comments:
Post a Comment