समग्र सनदेश सिरहा, फागुन १५– सिरहाको कमला नदी खण्डको इटारी पर्साही–१ मा एक महिलाको वेवारीसे आपसरो जलेको कङ्काल फेला परेको छ । शवको दुवै हातको हत्केला र खुट्टाको पैताला भने जल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
अन्दाजी २०–२५ वर्षकी जस्तो देखिने शवको सनाखत हुन सकेको छैन । जल्न बाँकी रहेको भागमा हेर्दा गहुँ गोरी वर्ण, हात र खुट्टाको नङहरुमा सेतो क्रिम कलरको नङपालिस लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटनास्थलमा रगतका छिटाहरु समेत देखिएको प्रहरीले जनाएको छ । घटनाको प्रकृतिहेर्दा हत्या गरी फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेपनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
गाईभैसी चराउन गएका गोठालाले नदी किनारमा कङ्काल देखिएपछि प्रहरीलाई खवर गरेका थिए । म्हिलाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।
No comments:
Post a Comment