मुकेश यादब सिरहा, फागुुन १२ । सिरहा धनगढीमाई नपा १३ भर्लेनीका अग्नि पीडितलाई व्यवसायी तथा समाजसेवी रामसगुन यादवले राहत बितरण गर्नुभएको छ । गोलबजार नपा ६ स्थित नवदुुर्गा पेटो«ल पम्पका संचालक तथा सगरमाथा अञ्चल प्रेट्रोलियम व्यवसायी संघका कोषाध्यक्ष रामसगुन यादवले खाद्यान्न तथा वासोवासका लागि त्रिपाल प्रदान गर्नुभएको हो ।
यादवले आगलागी पीडित पाँच क्विन्टल २० केजी चामल, एक सय ८२ केजी चिउरा भूजा , त्रिपाल लागाएतका अन्य खाद्यान्न सामगी्र वितरण गर्नुभएको छ । अग्नी पीडित २६ परिवारलाई राहतस्वरुप २० केजी चामल, ७ केजी चिउरा भुुजा, एक थान त्रिपाल सहित दाल, नुन, तेन सावुन लागाएतका साग्रीहरु प्रदान गर्नुभएको हो । उहाँले आगलागीजस्तो प्रकोपमा परेका पीडितहरुलाई आफूूले सानो सहयोग गरेको बताउनुु भयो ।
तराईमा यो मौसममा यस्तोखालको प्रकोपहरु हुने गरेको भन्दै यो वेला सकेको सवैले सहयोग गर्नुपर्ने यादवले बताउनु भयो । उहाँले यो सानो सहयोगले पनि अहिलेको अवस्थामा यहाँका अग्नी पीडितलाई ठूलो गुण लाउने बताउनुु भयो ।
आइतबार भएको आगलागीबाट यहाँका २६ परिवारका ५० भन्दा बढी घर टहरा जलेर खरानी भएको थियो । जसमध्ये अहिले १४ परिवारको तत्काल सुत्ने वस्ने ठाउँसमेत बाकी रहेको छैन । जसमा ८० लाखभन्दा बढीको धनमाल जलेको प्रहरीले जनाएको छ । त्यसै गरी सिरहा क्षेत्र न. ४ का सभासद रामचन्द्र यादबले प्रत्येक घर परिवारलाई २५,२५ के.जी. चामल बितरण गरिएको छ । उहाले समस्यामा परेकोलाई सहयोग गर्नु नै मानव धर्म हो भन्दै आगलागीजस्तो प्रकोपबाट बाच्न सबैले समयमा नै सतरतmा अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
No comments:
Post a Comment